Subscribe Us

एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान (तस्विर सहित)

एजेन्सी ।
भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् ।
मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।
अहिले भारतमा लोकसभा निर्वाचन चलिरहेका कारण पनि उनको परिवारमा राजनीतिको विशेष चासो छ ।
मिजोरममा शुक्रबार मतदान हुँदैछ । चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् ।
चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् ।
चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् ।
एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो ।
उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् ।
घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ ।
घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।स्रोतःखबरदैनिक

Post a Comment

0 Comments