Subscribe Us

लडाकु घोटला काण्डमा अख्तियारको ताकेतापछि समिती गठन

Akhtiyar-Durupayog काठमाडौं ,२७ साउन । लडाकुको नाममा भएको अनियमितताका विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दबाबमा अनुसन्धान नै नगरी दोशीहरुलाई  छाडेको भन्दै बिरोध भैरहेको बेला अहिले भने गम्भीरतापूर्वक छानबिन अघि बढिरहेको खुलेको छ । लडाकुका नाममा भएको  अनियमितताको अध्ययन सहसचिवको नेतृत्वमा बनेको टोलीले अनुसन्धान अघि बढाइरहेको छ भने अनुसन्धान टोलीलाई अख्तियार प्रमुख लोकमानसिंह कार्की आफैँले प्रत्यक्ष निर्देशन  दिएका छन् । अख्तियार स्रोतका अनुसार आयोगले लडाकुको नाममा राज्यले दिएको रकमको सम्पूर्ण खर्च विवरणको अध्ययन कार्यलाई अन्तिम रूप दिइएको छ ।

शान्ति मन्त्रालयले पूर्ण र राम्रो जानकारी नदिएकोले पनि अनुसन्धानमा बढी समय लागेको  भन्दै अख्तियारले पटक पटक ताकेता गरेपछी शान्ति मन्त्रालयको समेत जिम्वेबारी सम्हालेका कानून मन्त्री नरहरी आचार्यले अख्तियारलाई केही दिन भित्रमै प्रतिबेदन पठाउने गरी ‘जवाफ समिती’ नै गठन गरेका कारण यो बिषयमा गम्भिर ढंगले अनुसन्धान भैरहेको बताइएको छ  ।  नक्कली लडाकुका नाउँमा साढे चार अर्ब रुपैयाँभन्दा बढी घोटला भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

हुँदै नभएका फर्जी लडाकु खडा गरी माओवादीले सरकारी ढुकुटीबाट भ्रष्टाचार गरेको भन्दै  पूर्व लडाकुले समेत अनियमितताबारे पार्टीभित्र चर्को आवाज उठाएका थिए । भृकुटीमण्डपमा आयोजित पार्टीको राष्ट्रिय भेलाले नेता अमिक शेरचनको संयोजकत्वमा समिति गठन गरेको थियो । भेलामा अनियमितता आरोप लागेपछि १२ लडाकु कमान्डरले राजीनामासमेत गरेका थिए ।

विभिन्न सात शिविरमा लडाकुका नाउँमा सरकारले निकासा गरेको रकममध्ये करिब साढे चार अर्ब रुपैयाँ एमाओवादीका कमान्डर र नेताले अपचलन गरेको कार्यकर्ताले नै बताउँदै आएका छन् ।  त्यसमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड , बर्षामान पुन,जनार्दन शर्मालगायतका नेताहरु मुछिदै आएका छन् । यो प्रहरीको सुडान घोटला प्रकरण भन्दा पनि डरलाग्दो हुने अख्तियार स्रोतले जनाएको छ ।

Post a Comment

0 Comments