Subscribe Us

चरीमाथी गोली प्रहार गर्नेलाई थुनामा राखः अदालत

ललितपुर । प्रहरीको ईन्काउण्टरमा मारिएका दिनेश अधिकारी उर्फ ‘चरी’लाई गत बर्ष गोली प्रहार गर्ने राधे भण्डारी र समिरमान बस्नेतलाई पुनरावेदन अदालत पाटनले थुनामा राख्न आदेश दिएको छ । पुनरावेदन अदालतले ज्यानमार्ने उद्देश्यले गोली प्रहार भएको भन्दै थुनामा राख्ने आदेश दिएको हो । तर, भण्डारी र बस्नेतलाई सो अभियोगमा जिल्ला अदालत काठमाडौंले घरौंटीमा छाडेको थियो । 

जिल्ला अदालत काठमाडौंले घरौंटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन अदालत गएको थियो । पुनरावेदन अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न गत महिना आदेश दिएको थियो । ०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा चरीमाथि बाफलका गुण्डा समिरमान बस्नेत र राधेको समूहले ज्यानमार्ने उद्देश्यसहित गोली प्रहार गरेको थियो ।

 उक्त गोली काण्डपछि चरी न्यायका लागि जिल्ला अदालत काठमाडौंमा पुगेका थिए । तर काठमाडौं जिल्ला अदालतले एक लाख धरौंटीमा उनीहरुलाई छाड्ने आदेश दिएको थियो । हातहतियार मुद्दामा भने ढेड लाख धरौंटीमा राधेले उन्मुक्ति पाएका थिए । जिल्ला प्रशासन कार्यालय र अदालतको थुनछेक आदेश माग बमोजिम नभएपछि सरकारी वकिल धरौटी बदर र  थुनामा राख्नुपर्ने माग दाबी गर्दै पनरावेदन अदालत ललितपुर पगेको थिए । 

उक्त निवेदन अनुसार थुनामा राख्न पर्याप्त प्रमाण रहेको भन्दै पुनरावेदनले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयको थुनछेक आदेशलाई बदर गर्दै थुनामा राख्न आदेश दिएको हो । ढेड महिना अघि पुनराबेदन अदालतबाट थुनामा राख्ने आदेश भएपनि जिल्ला अदालतले आदेशको कार्यान्वयन गर्न सकेको छैन । धादिङमा हुने ठेक्कापट्टा, अबैध बालुवा खानीको कमिशन नमिल्दा राधे र चरीबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । चरीको समुहले राधेका भाईको हात काटि दिएपछि सुरु भएको ग्याङवारले अन्तत: चरीको ज्यानै गएको छ ।

             भाईको हात काटि दिएपछि बदलाको भाबना जगाएका राधे बाफलका गुण्डा समिरमान बस्नेत र राजधानीका कुख्यात गुण्डा कुमार श्रेष्ठ उर्फ घैंटेको समुहमा आबद्ध हुन पुगेका थिए । बस्नेत र घैंटेको सहयोगमा गत बर्ष चरीमाथि राधेको समूहले थानकोटको सतुंगलमा गोली बर्साएको थियो । गोली प्रहारपछि अस्पताल पुगेका चरीले कानूनले कारबाही नगेर आफै ठिक पार्ने धम्की दिएका थिए । सोही अनुसार ६ महिना अघि चरीको समूहले स्वयम्भुमा राधेमाथि ज्यानमार्ने उद्देश्यले खुकुरी प्रहार गरेको थिए ।
 
 राधेलाई खुकुरी प्रहार पछि चरी प्रहरीको सुचिमा मोष्ठ वान्टेड थियो । गत साता मात्र प्रहरीको मुडभेटमा चरी मारिएका छन् भने उनका परिवारले गैरन्यायिक हत्या भन्दै एक सातादेखि लास बुझ्न मानिरहेका छैनन् भन्दै मंगलबार प्रकाशित जनप्रहार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

Post a Comment

0 Comments