Subscribe Us

गृहमन्त्रीको सूचीले आईजीपीलाई तनाव, बढुवामा डिआईजीहरुको छटपटी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसएसपी, एसपी र डिएसपी सरुवाको अन्तिम तयारी गरेको छ । तर एसपी र डिएसपीको सरुवामा गृहमन्त्री वामदेव गौतमले लामो सूची दिएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अप्ठेरोमा परेका छन् । स्रोतका अनुसार तराईका सबै जसो जिल्लामा आफूले सिफारीस गरेका एसपीहरुलाई पठाउन दबाब दिएपछि आईजीपी अर्याल अप्ठेरोमा परेका हुन् । तराईका सबै जिल्लाका एसपीहरुको हेरफेरको तयारी भइरहेको छ । उनीहरुको सरुवाको १४ महिना पुगिसकेको छ । 



गृहमन्त्रीले दिएको सूचीमा अधिकांश भ्रष्ट प्रहरी अधिकारीहरु रहेको स्रोत बताउ“छ । पार्टीबाट आफ्ना व्यक्तिहरुलाई सरुवा गर्न व्यापक दबाब आएकाले सिफारीसलाई यताउता नगर्न समेत गृहमन्त्री गौतमले आईजीपीलाई चेतावनी दिएका छन् । यदि सिफारीस नमाने कुर्सीको खतरा, सिफारीस मँन्दा संगठनभित्र अलोकप्रिय हुने डरले आईजीपी अर्याल अप्ठेरामा परेका हुन् ।

 केही सिफारीसहरुलाई मात्र मानेर अन्य ठाउ“मा कार्यक्षमताका आधारमा सरुवा गर्ने मनस्थितीमा उनी पुगेका स्रोत बताउ“छ । तराईका झापा, मोरङ, पर्सा, चितवन, रुपन्देही तथा बा“के सर्वाधिक आकर्षक जिल्लाका रुपमा मानिन्छ । तराईका अन्य जिल्लामा पनि सरुवाका लागि ठूलै सोर्सफोर्स चल्दछ ।त्यस्तै करिब २० स्थानमा इन्चार्ज रहेका डिएसपीहरुको पनि सरुवाको तयारी भइरहेको छ । केही पहाडी जिल्ला तथा उपत्यकाका वृत्तहरुमा हेरफेरको तयारी भइरहेको छ ।

 यी वृत्तहरुमा समेत आफ्नो मान्छे सरुवाको लागि गृहमन्त्रीले सिफारीस पठाएको स्रोत बताउ“छ । ‘एसएसपी सरुवा भने गृहमन्त्रीको कम चासो छ,’ एक उच्च प्रहरी स्रोत भन्छ,‘काठमाडौं परिसर, केरकार जस्ता आकर्षक ठाउ“मा हालै सरुवा भइसकेकाले उहा“को कम इन्ट्रेष्ट भएको हो ।’ एसएसपीको सरुवा ननिकालेको १९ महिना बितिसकेको छ । अञ्चल प्रहरी कार्यालय तथा तालिम केन्द्रमा १९ महिनादेखि एउटै व्यक्ति इन्चार्ज छन् । नारायणी, मेची, लुम्बिनी जस्ता अञ्चल प्रहरी कार्यालय 
आकर्षक मानिन्छन् । स्रोतका अनुसार गृहमन्त्रीस“ग कुरा मिलेमा यही हप्ताभित्र सरुवा निस्कने छ ।
 
                        बढुवामा डिआईजीहरुको छटपटी
 
एआईजी बढुवा विवादको गा“ठो प्रधानमन्त्रीमा गएर अल्झिन पुगेको छ । बढुवाका लागि कुन चांहि सूची रोज्ने भन्ने अन्योलले डिआईजीहरुको चिन्ता बढाउ“दै लगेको छ । स्रोतका अनुसार बिहिबारको मन्त्रीपरिषद्को बैठकमा बढुवा गरिदिन आईजीपी उपेन्द्रकान्त अर्यालले कोइरालालाई मंगलबार भेटेरै आग्रह गरेका छन् । दबाब बढ्दैगएपछि कोइराला पनि यो विषयमा छलफलमा लागेका छन् । लगृहसचिव अध्यक्षताको एआईजी बढुवा समितिले राजेन्द्रसिंह भण्डारी, सुरेन्द्र शाह, बिज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ र केदार साउदलाई बढुवाको सिफारीस गरेको थियो । 

तर लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी अध्यक्षताको उजुरी सुन्ने समितिले सिफारीस भएकामध्ये बज्राचार्य र साउदको नाम हटाएर गणेश राई र नारायणका बास्ताकोटीको नाम राखी बढुवा गर्न निर्देशन दिएका थिए । जून निर्देशन अवैध भएको भन्दै गृहमन्त्री तथा कांग्रेसका मन्त्रीहरुले पुरानै सूचिअनुसार बढुवा गर्नुपर्ने अडान राख्दै आएका छन् । तर प्रधानमन्त्री सुशील कोइराला त्यसमा कन्भिन्स हुन नसक्दा बढुवा रोकिदै आएको छ । 

माओवादी नेताहरुको दबाबमा यमी अध्यक्षताको समितिले बास्ताकोटी र राईलाई बढुवाको सिफारीस गरेको आरोप गृहमन्त्रीले लगाउ“दै आएका थिए । माओवादी नेताहरुले नै बोकेर हिडेका डिआईजीलाई बढुवा गर्न सिफारीस गरेपछि यस्तो विवाद आएको छ । आयोगकी अध्यक्ष यमी माओवादी नेतृ हिसिला यमीकी दिदी हुन् । उता बढुवा विवाद लम्बिदै गएपछि डिआईजी राजेन्द्रसिंह भण्डारीले टेलिभिजिनमा अन्र्तवार्ता दिएर राजिनामा दिने चेतावनी दिएका छन् । हालै हेडक्वार्टरमा भएको एक बैठकमा उनले आफूले बढुवा प्रकरणको सबै पोल टेलिभिजनमा गएर खोलिदिने र त्यही राजिनामा दिने धम्की दिएका हुन् । उनले न्यायधीशका पीएसओहरुलाई फिर्ता बोलाउनु पर्ने समेत बताएका थिए ।

 न्यायधीशहरुले प्रहरीमा खेल्न थालेको भन्दै पीएसओ फिर्ता बोलाउनुपर्ने बताएको प्रहरीमा चर्चा छ । यदी आगामी २१ असोजसम्म पनि बढुवाको टुंगो लागेन भने ११ जनै डिआईजीले अवकाश पाउने छन् । जुनसुकै सूचिअनुसार बढुवा गरेपनि असन्तुष्टहरु अदालत जाने भएकाले सबैले अवकाश पाउने सम्भावना पनि बढ्दै छ । यदी अदालतले बढुवा कार्यान्वयन नगर्न आदेश दियो र असोज २१ गतेसम्म पनि त्यसको किनारा लागेन भने सबैले अवकाश पाउने भएकाले डिआईजीहरुको छटपटी बढ्दै गएको हो ।

Post a Comment

0 Comments