Subscribe Us

चौधरी समूह लाग्यो चोर बाटोतिर
नबिलमा एनबी इन्टरनेशनलको लगानी शंकास्पद

 काठमाडौं । सर्वसाधरणको निक्षेप रहेको संस्थालाई अर्वपति विनोद चौधरीले चाउचाउ उद्योग जस्तै बनाउन खोज्दा नविल बैंकमा दिन प्रतिदिन लफडा बढ्दै गएको छ । स्रोतक अनुसार नेपाल राष्ट्र बैंकले एनबी इन्टरनेशनलको नामबाट नबिल बै“कमा गरेको लगानीवापत पाउनु पर्ने ६० करोड नगद लाभांश बाहिर लैजान नदिएपछि चौधरीको चर्तिकला प्रत्यक्ष रुपमा बाहिर आएको हो ।

 यसका लागि बैंकमा उनले कर्मचारी निकाल्ने, नया“ कर्मचारी भर्ना गर्ने, विदेशीलाई भित्र्याउने जस्ता गैर कानुनी कार्यहरु गरिरहेका छन् । तर विदेशी स्वामित्वमा रहेको सेयर खरिद बिक्री गर्न पनि राष्ट्र बै“कको अनिवार्य स्वीकृतिको प्रावधान राखिएपछि चौधरीका गैर कानुनी हर्कतहरु एकपछि अर्को गर्दै बाहिर आउने क्रम जारी छ ।

नविलमा आयरल्यान्डको एनबी इन्टरनेसनल लिमिटेडको नाममा सबैभन्दा बढी ५१ प्रतिशत सेयर छ । यो के कम्पनी हो, कस्तो कम्पनी हो भन्ने कुरा आजसम्म खुलेको छैन । स्रोतका अनुसार एनबी इन्टरनेशनल आयल्र्याण्डमा नभई बंगलादेशमा दर्ता छ । यो चौधरी समूहकै कम्पनी हो । गत वर्ष ५१ प्रतिशत शेयर रहेको एनवीले नगद लाभांश लिन बोर्डबाट पारित गराउन सफल भएपनि साधरणसभाले अस्वीकृत गरेको थियो । तर चौधरीले साधरणसभा नै रोकेर बोनस र लाभांश बराबर हुनुपर्ने प्रावधान बनाई करोडौं रकम विदेश पु¥याएका थिए । स्रोतका अनुसार चौधरीले नविल हत्याउन शुरुमा राष्ट्र बैंकका तत्कालिन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई प्रयोग गरेका थिए ।
त्यतिखेर चौधरीकै स्वार्थ अनुकुल जुनसुकै विदेशी कम्पनीले पनि नेपालको बैंक तथा वित्तिय संस्थामा लगानी गर्न पाउने प्रावधान बनाइएको थियो । कानुनमा रहेको यही ‘जुनसुकै कम्पनी’को व्यवस्थालाई टेकेर एनबी इन्टरनेसनलको नाममा चौधरीले नबिल बैंक हात पारेका थिए चौधरीले । एनवी इन्टरनेशनल कुनै बैंक तथा वित्तिय संस्था होइन । चौधरीलाई राष्ट्र बैंकमा रह“दा कृष्णबहादुर मानन्धरले पनि सहयोग गरेका कारण हाल नविल बैंकको अध्यक्षमा मानन्धर नै छन् । तर यतिखेर राष्ट्र बैंकको नियम परिवर्तन भएको छ । यदि राष्ट्र बैंकको निर्देशन कार्यान्वयन हुने हो भने आगामी असार मसान्तसम्ममा विदेशी व्यक्ति वा संस्थाको लगानी विदेशी बैंक, वित्तिय संस्था वा नेपाली व्यक्ति, संस्थालाई बिक्री गरी नियमित गर्नुपर्ने हुन्छ । यो अनुसार अब चौधरीले एनबी इन्टरनेशनलको नाममा रहेको आप्mनो ५० प्रतिशत सेयर बेच्नु पर्ने हुन्छ । किनकी एनबी इन्टरनेशनल भनेको विदेशी बै“क वा वित्तिय संस्था होइन ।
१५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने कानुनी व्यवस्थालाई धोती लगाउ“दै विदेशी कम्पनीको नामबाट नबिल बै“क हात पार्न चौधरीले चोर बाटो समेत अवलम्बन गर्न खोजेका छन् । राष्ट्र बैंकले एनबीको विÈयमा पहिला स्पष्ट पार्नुपर्ने भन्दै लाभांश लिन रोक लगाइदिएपछि चौधरी चोरबाटो तिर लागेका हुन् । राष्ट्र बैंकको निर्देशन अनुसार नेपालको बै“कमा विदेशी लगानी विदेशी बैङक वा वित्तिय संस्थाले मात्र गर्न पाउ“छ । 
राष्ट्र बैंकले दिएको नया“ निर्देशन झन् कडा भएपछि चौधरीको नविलमा १५ प्रतिशतभन्दा बढी स्वामित्व हुने ठाउ“ नै छैन । यतिखेर पनि बैंकमा बहुमत सेयर चौधरी कै नाममा छ । देखाउनका लागि राखिएको बाहिरी कम्पनी समेत जोड्ने हो भने चौधरीको ५३.११५ अर्थात् बहुमत सेयर चौधरीको नियन्त्रणमा छ ।
जबकि नेपालको कानुनमा एउटा परिवारबाट बैंक तथा वित्तिय संस्थामा १५ प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था छ । नबिल बै“कमा रहेको ०.५९५ सेयर भने नेपाल ट्रस्टको नाममा छ । तर बा“की झण्डै ३८ प्रतिशत सेयर आप्mनै नियन्त्रणमा राख्न पनि चौधरीले घुमाउरो बाटो अपनाएका हुन् ।
नविलमा एकातिर राष्ट्रबैंकको दबाब बढेको छ भने अर्कोतिर बैंकले कर्मचारीहरुमाथि श्रमशोÈण गरेको, श्रम ऐन कार्यान्वयन नगरेको, लामो समयसम्म काम गर्दा पनि स्थायी नियुक्तिपत्र नदिएको, श्रम ऐनलाई उल्लंघन गर्दै बाहिरबाट करारमा कर्मचारी नियुक्ति गरिएको लगायतका कारण देखाउ“दै कर्मचारीहरु आन्दोलित भएका छन् ।
सर्वसाधारणको सहज पहु“च हुनुपर्ने बैंकको काउन्टर प्रवेश गर्ने मुख्य गेटमा नै नाराबाजी र धर्ना देखेपछि सर्वसाधारणहरु बैंकमा प्रवेश गर्न डराइरहेका छन्् । वार्Èिक दुई अर्ब मुनाफा आर्जन गर्ने बैंकका मुख्य लगानीकर्ता चौधरी समूहका विनोद चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली तथा मानव संसाधन विभागका प्रमुख निर्भाणा चौधरीले तीज, दशै“, तिहारजस्ता चाडबाडको मुखमा मजदुरलाई निष्काशन गरेर आश्रीत परिवारको पेटमा समेत लात्ति हानेको भन्दै अन्य मजदुर संगठन पनि आन्दोलनको तयारीमा जुटेका छन्् ।
वार्Èिक एक खर्ब हाराहारीमा कारोबार गर्ने नबिल बैंकको चुक्ता पु“जी तीन अर्बभन्दा केही बढी मात्रै छ । कुल झण्डै एक खर्ब निÔेप रहेको बैंकले आव २०७०÷०७१ मा दुई अर्ब ३१ करोड मुनाफा आर्जन गर्न सफल भएको वित्तिय विवरण हालै मात्र बैंकले सार्वजनिक गरेको थियो । अर्कोतिर राष्ट्र बैंक स्रोतका अनुसार व्यापारी अजय सुमार्गीको नाममा रहेको जोदा इन्भेष्टमेन्टको खातामा स्वीजरल्याण्डको स्वीस बैंकबाट नबिल बैंकमा ३ अर्ब रकम असार ५ गते आएको थियो ।

राष्ट्र बैंकको स्वीकृत विना उक्त पैसा नविल बैंकमा आउ“दा समेत व्ययवस्थापनले कुनै जानकारी नै नदिएपछि राष्ट्र बैंकले नविललाई पत्र काटेका छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले पैसा आएको छ, छैन यो बैंकले भन्न मिल्दैन, ग्राहकको गोपनीयता राख्नु हाम्रो कर्तव्य हो भन्दै जवाफ दिनबाट पन्छिने गरेका छन् । ग्लोबल विजनेश र लगानी भित्र्याउने नाममा अवैध आएको तीन महिना वितिसक्दा पनि सुमार्गी र चौधरीको चलखेलका कारण राष्ट्र बैंकले अहिलेसम्म नविलमाथि कुनै कारबाही गर्न सकेको छैन ।

Post a Comment

0 Comments