Subscribe Us

प्रहरीको सक्रियताका कारण सुदूरपश्चिममा अपराध घट्दै


महेन्द्रनगर । सुदूरपश्चिमका विभिन्न जिल्लामा विगत छ महिनामा ८६ सवारी दुर्घटना भएका छन् भने ६७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी८३ जना गंभिर घाइते भएका छन् भन १४७ जना सामान्य घाइते भएका छन् । प्रहरी र ट्राफिकको सक्रियता, समन्वय र चेतनामुलक कार्यक्रमका कारण अघिल्लो वर्षको तुलनामा आर्थिक वर्षको माघ महिना देखि असार मसान्त सम्ममा सवारी दुर्घटनामा २२ प्रतिशतले कमी आएको छ ।
 
 
गत असार महिनामा भएका सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ । गत असार महिनामा भएका ११ वटा सवारी दुर्घटनामा परी सुदूरपश्चिममा १० जनाको ज्यान गएको हो । दुर्घटनामा परी १५ जना घाईते भएका छन् । असार महिनामा कैलालीमा भएका छ वटा सवारी दुर्घटनामा तीन जनाको, डोटीमा भएको एउटा सवारी दुर्घटनामा एक जनाको र कञ्चनपुरमा भएको एउटा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तंथ्याङकले देखाएको छ । यस्तै दार्चुलामा भएकोे एउटा सवारी दुर्घटनामा दुई जनाको, बतैडीमा भएको एउटा सवारी दुर्घटनमा दुई र डडेल्धुरामा घटेको एउटा सवारी दुर्घटनमा एक जनाको ज्यान गएको छ ।
 
ट्राफिक प्रहरीको तंथ्याङक अनुसार ट्राफिक नियम उल्लंङघन गर्ने छ हजार बढी सवारीसाधनमाथि भएको कारवाहीबाट १६ लाख बढि राजस्व संकलन भएको छ । तंथ्यांकका अनुसार ट्राफिक नियम उलंङघन गर्ने ६ हजार बढि सवारीसाधनको कारबाहिबाट १६ लाख बढि राजस्व समेत संकलन भएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले १ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले, १ हजार २ सय ९६, कञ्चनपुरले १ हजार ५ सय २४, डडेल्धुराले ३ सय ४८, डोटीले ३ सय ५४, बैतडी र अछामले २ सय ११ वटा सवारीसाधनलाई कारबाहि गरेको छ । यस्तै ट्राफिक प्रहरी पोष्ट लम्कीले ७ सय ३२, दार्चुलाले ५९, बझाङले ५५ र बाजुराले ३० वटा नियम बिपरित संचालनमा आएका सवारी साधनलाई कारबाहि गरेको छ ।
 
यस्तै क्षेत्रिय ट्राफिक प्रहरीले सुदुरपश्चिममा असार महिनाभर ६ पटक ट्राफिक नियमबारे बिद्यार्थीलाई सचेतना, ३ पटक सर्वसाधारणलाई सचेतना र २ ठाउँमा पर्चा पम्पलेट बितरण गर्नुका साथै २ पटक ब्यवसायिक चालक तथा परिचालक बनाउन कक्षा संचालन समेत गरेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । कार्यालयका अनुसार चोरी तथा अबैध रुपमा संचालन गरेका १५ वटा सवारी साधनहरु पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात भन्सार कार्यालयमा बुझाईएका छन् । यस्तै कंञ्चनपुरमा भने ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७०/७१ को असार मसान्तसम्म नियम उल्लङघन गर्ने १७ हजार ६ सय ४१ सवारी चालकलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा चालक अनुमतिपत्र नलिई मोटरसाइकल चलाउने बढी रहेका छन् । त्यसपछि ट्रयाक्टर, बस, ट्रक र जिप चालक रहेको क्ष्ँत्रीय ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
 
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि ‘हाइवे ज्वाइन्ट चेकिङ’ लाई व्यापकता दिएको छ । जसका कारण एकातिर सवारी दुर्घटना कम भएको छ भने अर्कोतर्फ राजश्वमा उल्लेख्य वृद्घि भएको छ । प्रहरीले विगतका वर्षहरुमा भन्दा यस वर्षको ६ महिना मै सवारी कारबाहीमा ५५प्रतिशत तथ राजस्व संकलनमा ९२ प्रतिशत थप बृद्घि भएको प्रहरीले जनाएको छ । ०६८ माग देखि ०६९ असारसम्ममा ३० हजार एक सय ६१ सवारी साधनलाई कारबाही गरी कारवाही ५३ लाख दुई हजार नौ सय ६० राजश्व संकलन गरेकोमा ०६९ माग देखि ०७० असारसम्ममा २६ हजार ७१ वटा सवारीसाधन माथि कारबाही गर्दा ५३ लाख २७ हजार सात सय ५० रुपैयाँ संकलत गरेको थियो । तर यस वर्ष भने ट्राफिक प्रहरीको सक्रियताका कारण कारबाही संख्या र राजश्वमा समेत बृद्धि भएको छ । ०७० माग देखि ०७१ असारसम्ममा ४० हजार चार सय ६९ सवारीसाधनलाई कारबाही 
 
गरिएको छ भने एक करोड दुई लाख २९ हजार चार सय १० रुपैयाँ संकले गरेको छ ।
त्यसैगरी प्रहरीले प्रहरी कर्मचारीहरुले नै होटल तथा रेष्टुरेन्टमा गई मदिरा सेवन, व्यवसायीहरुलाई अनुचित दवाब, मदिरा सेवन गरी सस्ता कुरा गरी संगठनको मर्यादामा आँच आउने कार्य, अन्य अमर्यादित व्यवहार तथा पैसा नतिर्ने प्रबृत्ती समेत यदाकदा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्ता अवांन्छित क्रियाकलाप हुन नदिन तराई जिल्लाहरुमा प्रहरी नायव उपरिक्षकको तथा पहाडी जिल्लाहरुमा प्रहरी निरीक्षकको कमाण्डमा होटल, रेष्टुरेन्ट चेकिङ्ग टीम गठन गरेको छ । टिम गठन भएलगत्तै अनुशासनहिन कार्य गर्ने २४० जना प्रहरी 
 
कर्मचारीहरुलाई कारवाही गरीएको छ ।  ।
प्रहरीले सुदुरपश्चिमाञ्चलका नौ वटै जिल्लामा आवश्यकतानुसार संगठित अपराध, जघन्य अपराध, उच्च प्राथमिकताका आर्थिक अपराध एंव वित्तिय अपराध, सिमावर्ति क्षेत्रमा हुने चोरी निकासी पैठारी जस्ता अपराध नियन्त्रण गर्न क्षेत्रीय स्तरमा ‘क्षेत्रीय अपराध अनुसन्धान एंव नियन्त्रण र सूचना संकलन टिम’ ९क्षेत्रीय टिम० को समेत गठन गरेर काम गर्दै आएको छ । सुदुरपश्चिमाञ्चलका क्षेत्रीय प्रहरी प्रमुख डिआईजी जयबहादुर चन्दले विशेष सुरक्षा योजना लागु गरेर सफल हुनुमा अनुसन्धान टिम र सूचना संकलनको टिमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

Post a Comment

0 Comments