Subscribe Us

अदालतको छाप र न्यायाधीशको सही किर्ते गरी जग्गा बिक्री

        
अदालतको छाप र न्यायाधीशको किर्ते दस्तखत गरी जग्गा बिक्री गरेको अभियोगमा प्रहरीले नवलपरासीको कावासोतीबाट पाँच जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । बागलुङ जिल्ला अदालतका न्यायाधीश रामेश्वरमान अमात्यको नाम र अदालतको छाप किर्ते गरी जग्गा बिक्री गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

  कावासोती थकालीचोक बस्ने गजिन्द्रबहादुर कुँवरको जग्गा बिक्री गर्ने प्रयोजनमा गौरा कुँवरले वारेसनामा बनाउँदा सरकारी छाप र दस्तखत किर्ते गरेको भनी बागलुङ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बागलुङबाट खटी आएका हवल्दार डिलबहादुर विकको टोलीले कावासोती प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कावासोतीका अनुसार पक्राउ पर्नेहरूमा प्रगतिनगरका जीवन श्रेष्ठ, कावासोती–२ की सुन्तली कुँवर, मनकला कुँवर थापा, प्रगतिनगरका सुरेश सुवेदी र अग्यौलीका चिन्तामणि खनाल रहेका छन् । २०६७ साल माघ २० गते गजिन्द्रको कावासोतीमा रहेको २३९ नम्बर कित्ताको साढे दुई कट्ठा जग्गा गौरा कुँवरले प्रेमबहादुर कुँवरलाई बिक्री गर्दा किर्ते भएकोे उजुरी प्रहरीमा परेको थियो ।

     आफ्नो जग्गा बिक्री भएको थाहा पाएपछि गजिन्द्र अदालत पुग्दा घटना बाहिर आएको थियो । जग्गाको प्रकरणमा वारेस नामा किर्ते बनाउनेदेखि कर्मचारीसम्मलाई छानविनको दायरामा ल्याएको प्रहरीको दाबी छ । मालपोत कार्यालय कावासोतीका तत्कालीन मालपोत अधिकृत गुरुदत्त सुवेदीलाई समेत पत्र पठाइएको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments