Subscribe Us

'पत्र नपाएको भए 'कू' गर्ने रणनीतिमा थिए कटवाल'

काठमाडौं । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले राष्ट्रपति रामवरण यादवलाई धम्कीपूर्ण सन्देश पठाएर थमौति गर्न सफल भएको रहस्य आफ्नै किताब ‘रुकमाङ्ग कटवाल’ आत्मकथामार्फत रहस्य खोलेका छन् । त्यसो नभएको भए सैनिक ‘कू’ कै तयारी गरिसकेका कटुवालले आधा घन्टा ढिलो वा पत्र शितलनिवासबाट नआएको भए मुलुकमा सैनिक ‘कू’ गर्ने थिए । यतिखेर, पूर्व प्रधानमन्त्री कटवालको आत्मकथा चर्चासँगै विवादमा समेत तानिएको छ । 

प्रधानसेनापति प्रकरणमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको निर्णयको सहमति/असहमतिका लागि शितलनिवासमा २० वैशाख २०६६ मा बसेको १८ दलको वैठक निर्णयमा पुग्न सकिरहेको थिएन । माओवादी बाहेकको त्यो वैठकमा दलहरु प्रधानसेनापति प्रकरणबारे विभाजित थिए । कोही प्रधानमन्त्रीको निर्णय सही भनिरहेका थिए भने कोही गलत भनेर विवाद गरिरहेका थिए । यता, कायममुकायम प्रधानसेनापतिको पत्र पाइसकेका कुलबहादुर खड्का बाहेकका पांचै पृतनाका तत्कालिन पृतनापतिसहितका जर्नेलहरुसाग कटुवाल राष्ट्रपति कार्यालयमा भएको वैठकको निर्णयको पर्खाइमा थिए ।

यति गरिरहादा देशैभरी सैनिकलाई कटवालले हाईएलर्टमा बस्न निर्देशन दिएका थिए । दलहरुको वैठकले कटुवाल र विवादमा तानिएका खड्का दुवैलाई अवकास दिएर मध्यमार्गी निर्णय गरी तत्कालिन प्रधानमन्त्री प्रचण्डको फेस सेभिङको प्रयत्न गरेको थियो । उक्त निर्णयबारे कटुवाललाई जानकारी भयो । तर, उनले त्यो निर्णय पनि स्वीकार गरेका थिएनन् । उनले आफ्नो आत्मकथामै लेखेका छन्,‘मेरो र कुलबहादुरको अवकासको कुरा प्रचण्डको फेस सेभिङका लागि ल्याइएको भन्ने बुझेको थिएा । राष्ट्रपति कार्यालयबाट यस्तो सूचना पाएपछि मैले त्यो कुनै एक्सन नै भएन भन्ने जवाफ पठाएर थमौतिका लागि पर्खिएको थिएा ।’

 राष्ट्रपति कार्यालयमा भएको छलफलमा अर्को निचोड के पनि आएको थियो भने अदालतमा सरकार विरुद्ध जाने । तर, यो सुझावलाई पनि कटुवालले ठाडै अस्वीकार गरे । यस्ता अनेक मध्यमार्गी बाटो आउन थालेपछि १२ बजेसम्म पद कायम रहेका कटुवालले निष्कर्ष ननिस्कने ठानेपछि सेना परिचालनका लागि निर्देशन दिने तयारी गरे ।
त्यसअघि नै राष्ट्रपतिका सल्लाहकारलाई टेलिफोनमा धम्कीपूर्ण शैलीमा भनिदिएका थिए,‘माई लेजिटिमेसी फिनिसेस बाई ट्वेल्भ ओ क्लक एट नाइट, वी आर नट गोइङ टु सरेन्डर, नो वे, आइडन्ट वान्ट टु डु एनीथिङ अनप्लिजन्ट माइसेल्फ (मेरो वैधानिकता १२ बजे सकिादैछ, हामी आत्मसमर्पण गर्दैनौं, म आफ्नो तर्फबाट कुनै अप्रिय कार्य गर्न नपरोस भन्ने चहान्छु)।’ 

 कटवालको यो धम्कीपूर्ण जवाफ पुगेपछि दलहरुको वैठकले कटवाललाई थमौति गर्नुपर्ने निर्णय गरेको थियो । राष्ट्रपति रामवरण यादवले कटवाललाई फोन गरेर पत्र पठाउनै पर्ने भनेर पनि सोधेका थिए । उनले पत्रविना नहुने बताएपछि राष्ट्रपति कार्यालयले साँढे ११ बजे राती कटवाललाई थमौतिपत्र फ्याक्समार्फत पठाएका थिए । र सोही पत्र कटवालले तयारी अवस्थामा राखेका सवै पृतनाहरु र सैनिक गण र गृल्ममा पठाएका कारण रोकिएको थियो, सैनिक ‘कू’ र रक्तपात ।

यो प्रकरणअघि तत्कालिन प्रधानमन्त्री प्रचण्डले कटुवाललाई हटाउनका लागि उनीसाग दुईपटक सल्लाह गरेका थिए । बालुवाटारमा डाकेर कटुवाललाई छाड्दिन आग्रह गरेका थिए । तर, आफु कुनै पनि हालतमा नछाड्ने भनेर फर्किएको पुस्तकमा कट्वालले दाबी गरेका छन् । त्यसपछि पनि प्रचण्डले फेरि डाकेर उनलाई अमेरिका, फ्रान्सलगायतका देशको राजदुत, सुरक्षा सल्लाहकार बनाउने प्रलोभन पनि देखाएका थिए । तर, आफुले त्यो पनि स्वीकार नगरेको कटुवाल आत्मकथामा दाबी गरिएको छ । कटुवालका अनुसार प्रचण्डले एक पटक उनलाई धम्क्याएको र अर्को पटक फकाएका थिए । 
सो क्रममा प्रचण्डले उनलाई दाई भनेर पनि बारम्बार सम्बोधन गरेको कटुवालले उल्लेख गरेका छन् । कटुवाल प्रधानसेनापति पद नछाड्का लागि जोसाग जस्तो भिडन्त गर्न पनि तयार थिए । उनले माओवादीसागको त्यो राजनीतिक लडाई वार कि पार गर्ने तयारी गरेको उल्लेख गरेका छन् । कटवालले आफूलाई जंगलको सेरका रुपमा प्रस्तुत गरेका छन् भने तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई स्यालको हैसियतका रुपमा ।
महराले दिन्थे कटवाललाई सूचना :
एकीकृत नेकपा माओवादीका नेता तथा तत्कालिन सञ्चारमन्त्री कृष्णबहादुर महराले क्याविनेटमा भएको निर्णयबारे कटुवाललाई जानकारी दिने गर्दथे । उनले एक माओवादी शुभचिन्तक मन्त्री भनी पुस्तकमा धेरै ठाउामा उल्लेख गरेका पात्र महरा नै थिए । ‘१६ दिनको लडााई’ शिर्षको च्याप्टरमा उनले एक ठाउा महराको नाम उल्लेख गरेका छन् । महराले उनलाई भनेका रहेछन्– हामी फेर्न चहाादैनौं तर नेतृत्वको निर्णय के गर्ने ? भनी फोन गरेका थिए । कटवालको सम्बन्ध तत्कालिन रक्षामन्त्री तथा अहिले नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलसाग पनि राम्रो थिएन ।  माओवादीले उनलाई दिन लागेको अवकासका बारेमा पनि एक शुभचिन्तक माओवादी मन्त्रीले उनलाई जानकारी दिइसकेका थिए । त्यसपछि उनले गिरीजाप्रसाद कोइराला र राष्ट्रपतिलाई फोन गरेर बारम्बार भनेका थिए–‘कुनै हालतमा सरेन्डर हुनेछैन ।’ यसको मतलब प्रष्ट थियो कि कटवाललाई हटाइए सैनिक ‘कू’ ।
कुलबहादुरलाई हप्की:
बालुवाटारबाट कटुवाललाई अवकास दिएर प्रचण्डले कुलबहादुर खड्कालाई कायममुकायमको थमौति दिएका थिए । सोही थमौति बोकेर सैनिक मुख्यालय पुगका कुलबहादुरलाई कटुवालले जर्नेलहरुको वैठकमा थर्काएका थिए । सो क्रममा उनले कुलबहादुरलाई ‘ओ कमरेड कसको आदेशमा बालुवाटार गएको ?’ भनेर पनि सोधेका थिए । रक्षामन्त्रीको आदेशमा गएको जवाफ कुलबहादुरले दिएका थिए । रक्षामन्त्रीले बारम्बार फोन गरेपछि कटुवालले नै बोलाएको भनेर आफु त्यहाा गएको जवाफ कुलबहादुरले दिएका थिए । तर, कुलबहादुरलाई हप्काउादै कटुवालले भने,‘अझ फटाहा कुरा गर्ने ?’

Post a Comment

0 Comments