Subscribe Us

बढुवामा नपरेका चार डीआईजी सर्बोच्चको शरणमा

काठमाडौँ । बढुवामा नपरेका चार डिआईजीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै  रिट निवेदन दायर गरेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा गत बिहीबार सरकारले गरेको बढुवामा आफूहरूभन्दा कनिष्ठलाई समेत बढुवा गरी गैरकानुनी निर्णय गरेको भन्दै भढुवा रोक्न सर्बोच्च अदालत पुगेका हुन । सरकारको बढुवा बदर गर्न माग गर्दै यसअघि यादब अधिकारीले दिएको रिट सर्बोच्चमा मंगलवार पेश्की भएपनि अदालतले हेर्न नभ्याएपछि सरेको छ ।

 मंगलवार थप डिआईजी  परशुराम खत्री, सुशीलवरसिंह थापा र विश्वराजसिंह शाहीलेसमेत थप रिट निवेदन दर्ता गराएका हुन् । सरकारको निर्णय गैरकानुनी भएकाले उत्प्रेषणको आदेशबाट बदर गरी कानुनबमोजिम कार्यक्षमताका आधारमा दिइने अङ्क प्रदान गरेर बढुवा सिफारिस गर्न परमादेशलगायत आदेश जारी गर्न र हाल बढुवा भएकाहरूलाई नयाँ हैसियतले कम गर्न नदिनसमेत निवेदनमा माग गरिएको छ ।

सो निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, बढुवा समिति, लोकसेवा आयोगलगायतका निकायलाई विपक्षी बनाइएको छ । सरकारले राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, केदारप्रकाश साउद, गणेशराज राई र नारायण बस्ताकोटीलाई बढुवा गरेको थिया् ।

Post a Comment

0 Comments