Subscribe Us

प्रेमिकाको हत्या गर्ने प्रेमि प्रक्राउ

काठमाडौं ।  बिबाह गर्ने कुरामा बिबाद हुदा पे्रमिकालाई हत्या गरेको आरोपमा प्रहरीले काठमाडौका ४१ बर्षीय रमेश मर्हजनलाई पक्राउ गरेको छ । मर्हजनले गत बिहीवार रामेछापकी २५ बर्षीया पेमा छेकी शैर्पालाई डल्लु आवास नजिक छुराले घाटीमा प्रहार गरि घाईते बनाई फरार भएका थिए । छुरा प्रहारबाट घाईते भएकी पेमाको बिर अस्पतालमा उपचारको क्रममा सोहि दिन मृत्यु भएको थियो ।

 पेमालाई छुरा प्रहार गरेपछि फरार रहेका मर्हजनलाई प्रहरीले सुक्रवार डल्लु पुलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पेमाको हत्यामा प्रयोग भएको हतियारसमेत बरामत गरेको जनाएको छ । विजेश्वरी स्थित अर्जुन श्रेष्टको गर गहना प्याकेजिङ वक्सा वनाउने फ्याक्ट्रीमा संगै काम गर्ने क्रममा  पेमा र मर्हजनको सम्बन्ध गांसिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 विवाह गर्ने विषयमा विवाद हुदा मर्हजनले प्रेमिकालाई मार्ने योजना वनाईको खुलासासमेत भएको छ । बिहीवार मृतक पेमालाई  मर्हजनले विहानै घुम्ने निहुले वोलाई डल्लु आवास नजिक पुगी छुरा प्रहार गरी फरार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले आरोपीत मर्हजनलाई कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ ।

Post a Comment

0 Comments