Subscribe Us

६ करोडको यार्सागुम्बा लुटपाटका मुख्य योजनाकार,माओवादी लडाकू एम १६ राइफालसहित पक्राउ


 काठमाडौं । झण्डै साढे ६ करोड  बराबरको  यार्सागुम्बा लुटपाटका मुख्य योजनाकार पूर्व लडाकू प्रक्राउ परेका छन् । यार्सागुम्बा बेचबिखन गरी फर्केको व्यापारीलाई लुटपाट गरेको आरोप लागेका रुकुमको ३० बर्षिय विकल्प भन्ने संगम रोक्कालाई नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरोले पक्राउ गरी मंगलवार साबजनिक गरेको छ । 
 पक्राउ परेका संगम लुटपाटका मुख्य योजनाकार भएको सिआईबीको अनुसन्धानबाट खुलेको छ ।  संगमलाई सीआईबीको टोलीले बौद्धबाट  गत साउन ९ मा पक्राउ गरेको  जनाएको छ। माओवादी लडाकूका तत्कालीन वटालिन भाइस कमाण्डरसमेत रहेका संगमले सेना समायोजनन प्रक्रियामा स्वच्छिक अवकास लिएका ब्यक्ति हुन ।

 संगम २०७० साउन २० गते डोल्पाको साल्दाङको सुम्दे भन्ने स्थानमा २५ जना व्यापारीले चीनमा यार्सागुम्बा बेचेर फर्कने क्रममा भएको ६ करोड ३७ लाख लुटपाटको मुख्य योजनाकार रहेको सिआईबीको अनुसन्धानबाट खुलेको छ ।  १० जनाको नकाबधारी समूहले अत्याधुनिक हतियार देखाएर उक्त घटना घटाएका थिए । अनुसन्धानपछि सिआईबीले लुटपाटमा प्रयोग भएको एम १६ राइफाल साउन १३ गते रंगमको गाउँ हुमाको जंगलमा लुकाइराखेको अवस्थामा बरामद गरेको जनाएको छ ।

सिआईबीको टोलीले इचङ्गु नारायणस्थित संगमको कोठामा खनतलासी गर्दा ९३ ग्राम चरेश जस्तो देखिने कालो पदार्थ समेत भेटिएको सीआईवीले जनाएको छ । लुटपाटका मुख्य योजनाकार संगम सिन्धुपाल्चोक बाह्रबिसे बस्ने हर्कबहादुर पाख्रिनको हत्यामा समेत संलग्न रहेको सिआईबीको अनुसन्धानबाट खुलेको छ ।

Post a Comment

0 Comments