Subscribe Us

कांहा छन् बैंकिङ कसुरका यी अभियुक्त ?

काठमाडौं । सर्वसाधरणको अरबौं रकम डुबाएका सुधिर बस्नेतलाई सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएपछि उनी फरार भएका छन् । बस्नेत भारततर्फ लागिसकेको उनी निकट स्रोतले बतायो । त्यस्तै बस्नेतकै शैलीमा सर्वसाधरणको दुई अर्व भन्दा बढी रुपैयाँ डुबाएका गुण को–अपरेटिभका डिजेन्द्र शाक्य(राजेन्द्र) पनि भारत पलायन भइसकेको खबर आजको यूनाइटेड पोष्टमा खबर छ ।

क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स घोटला प्रकरणका प्रमुख मतियार तत्कालीन प्रबन्धसञ्चालक पवनकुमार कार्की, किष्ट बैंक र सिद्धार्थ बैंक घोटालाका मुख्य अभियुक्त कमलप्रसाद ज्ञवाली, उनकी श्रीमती शोभा,  सोही घटनासँग सम्बन्धित जम्को प्रकाशन प्रालिका सञ्चालक किशोर ढकाल, हिमालयन बैंकको एटीएम घोटलाका अभियुक्त सहायक प्रबन्धक अनिशभक्त सुवाल, एचएण्डबी बैंक घोटाला प्रकरणमा संलग्न भएको अभियोग लागेका जयकुमार यादव, नेपाल बंगलादेश बैंक र तत्कालीन नेपाल श्रींलकन मर्चेन्ट बैंक घोटलाका प्रमुख अभियुक्त एनबी समूहअन्तर्गतका लक्ष्मीबहादुर श्रेष्ठ, जीतबहादुर श्रेष्ठ, जेन श्रेष्ठ, पुर्णबहादुर श्रेष्ठ, र हिमालय फाइनान्सका तत्कालीन महाप्रबन्धक शिशम मल्ल पनि प्रहरीको सेटिङमा विदेशिएका छन् ।
उनीहरुको खोजी कार्य जारी रहेको र केही अभियुक्तहरुको मुद्दामा भने अदालतको पूर्ण पाठ कुरेर बसेको भन्दै प्रहरीले घुमाउरो पारामा उनीहरुलाई नै संरक्षण दिंदै आएको छ । अहिलेसम्म बैंकिङ कसुर अन्तर्गत सेयर मार्केट्सका योगेन्द्र श्रेष्ठ, सिद्धार्थमान मास्के, गोर्खा विकास बैंकका डिबी बम्जन, हिमालयका श्यामकृष्ण श्रेष्ठ मात्र पक्राउ परेका छन्् ।

बंैकिङ कसुरअन्तर्गतको बिगो रकम झण्डै २० अर्व पुगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआईवी) स्रोतले बताएको छ । सिआईबीले बैंकिङ कसुरको अभियोगमा १८ वटा बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित मुद्दामा कारबाही तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको भएपनि अभियुक्तहरु पक्राउ गर्नु त परै जाओस् विगो रकम उठ्नु भनेको त सपना मात्र हुने देखिन्छ । बैंक तथा वित्तिय संस्था घोटालाको अभियोगमा हालसम्म ६१ जनालाई पक्राउ गरिसकेको र बैंकिङ कसुरमा संलग्न केही ठूला अभियुक्तहरु भने अझै फरार रहेको सिआईबीले जनाएको छ ।

दुई अर्ब रुपैयाँभन्दा बढी रकम घोटालाका मुख्य अभियुक्त क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका मुख्य अभियुक्त तत्कालीन प्रबन्धसञ्चालक पवन कार्की २०६७ सालदेखि फरार छन्् । कार्की हाल अमेरिकामा नमस्ते इण्डिया डिपार्टमेन्टल स्टोर सञ्चालल गरेर बसिरहेका छन्् । उनलाई इन्टरपोल मार्फत सूचना जारी गरेर पक्राउ गर्नुपर्नेमा प्रहरीले कुनै चासो देखाएको छ ।

एचएण्डबी बैंकका जयकुमार यादवमाथि पर्याप्त रकम नभईकन गुड फर पेमेन्ट चेक जारी गरी १७ करोड २९ लाख रुपैयाँ हिनामिना गरेको अभियोग रहेको छ । एनबी समूहको लक्ष्मीबहादुर श्रेष्ठसहितका अन्य सञ्चालकहरुको पनि बैंकिङ कसुरको अभियोगमा हालसम्म फरार छन्् । यो समूहउपर विभिन्न बैंक तथा वित्तिय संस्थामा समेत गरी ५० करोड रुपैयाँभन्दा बढी घोटाला गरेको अभियोग रहेको छ ।

Post a Comment

0 Comments