Subscribe Us

काभे्रली गुण्डा दावा पक्राउ

काठमाडौं । ज्यानमार्ने उद्योग मुद्दामा फरार रहेका गुण्डा दावा लामा पक्राउ परेका छन् । दश महिना अघि ललितपूरका ब्यापारी राजन श्रेष्ठलाई खुकुरी प्रहार गरेपछि फरार रहेका लामालाई अपराध महाशाखाको टोली आज बौद्धबाट पक्राउ गरेको हो । आफ्ना सहयोगी बिरेन ठकुरी उर्फ लम्बुको घरमा लुकुछिपी बसेका लामालाई महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 उनी काभे्रली समुहमा आबद्ध छन् । ब्यापारको हिसाब किताबमा कुरा नमिल्दा ज्यानमार्ने मनसायले लामाको कमाण्डमा खटिएको आपराधिक समुहले श्रेष्ठलाई गत बर्ष खुकुरी प्रहार गरेका थिए । श्रेष्ठलाई खुकुरी प्रहारपछि लामाका समुहका बिनोद लामा पक्राउ परेपनि दावा भने कहिले सिकिम त कहिले गोवामा लुक्दै आएका थिए ।

 पछिल्लो समय गुण्डागर्दी गर्ने समुहमाथि प्रहरी आक्रमक रुपमा पस्तुत भएको छ । लामाको समुहले न्यूरोडका ब्यापारी सुनील अग्रवाललाईसमेत अपहरण गरी १० लाख फिरौती लिएको उजुरीसमेत माहानगरीय प्रहरी परिसर हनुमानढोकामा दर्ता भएको छ ।

Post a Comment

0 Comments