Subscribe Us

विरामी भन्दै छिमेकी भेट्न दिल्लिको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली केहि समयअघि मात्र सिंगापुरमा उपचार गरेर फर्किएको बताइएको थियो । थाइल्याण्डमा साच्चैको उपचार गराएका ओली सिंगापुरमा उपचारमात्र नभएर छिमेकी मुलुक भारतका अधिकारीहरुसँग भेट गरेर आएको बुझिएको छ । यता, सरकार फेर्ने विषयमा बहस चलाउन थालेको एमाले ओलीको नेतृत्वमा नयाँ सरकारमा जान खुट्टा उचालेर बसेको छ । उसले त्यसका लागि आन्तरिक तयारी थालिसकेको छ । नेपाली सरकारमा भारतको हस्तक्षेप हुने भएकैले पनि सरकार कसरी बनाउने भन्ने सन्दर्भमा अर्को छलफल गर्न ओली नयाँ दिल्लि जाने तयारीमा छन् । उनले दिल्लिमा पनि स्वास्थ्य जचाउने भनिएँपनि त्यहाँ भारतीय अधिकारीहरुसँग भेट्ने प्रबन्ध मिलाइएको समाचार स्रोतले जनाएको छ ।

यता, प्रधानमन्त्री सुशिल कोइरालाको स्वास्थ्य विग्रिएको र कांग्रेस एमालेको सम्बन्ध खटपटिएको बेलामा ओलीको दिल्लि भ्रमण नियमित स्वास्थ्यजाँचमा केन्द्रित नभएर सरकार परिवर्तनका लागि हुन लागेको बताइएको छ । सार्क शिखर सम्मेलनको तयारी मुलुकमा भइरहेका बेला सात देशका सरकार प्रमुख नेपाल आउनु अघि नै सरकार ढालेर ओली प्रधानमन्त्रीको कुर्सीको तयारीमा छन् । त्यसका लागि नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि सकारात्मक भएपछि ओली प्रधानमन्त्रीकै दौडमा रहेको पनि स्रोतले जनाएको छ ।

माधव नेपाल मार्फत नेपालका लागि भारतीय राजदुत रणजित रायले भारतका अधिकारीहरुसँग ओलीको भेटको कुरो मिलाएको स्रोतको दाबी छ । नेपालले तत्कालै राष्ट्रपति÷उपराष्ट्रपतिको अनुमोदन गर्न आवश्यक नरहेको भन्ने पनि कांग्रेससँगको सहकार्य तोड्ने मनसायमा आएको अभिव्यक्तिको रुपमा लिइएको छ । ओलीले पनि बारम्बार कांग्रेसले आफ्नो एकल बहुमतमा सरकार चलाएजस्तो व्यवाहार गरेको भन्दै चेतावनी दिदै आएका छन् ।
स्रोतहरुका अनुसार एमाले महाधिवेशन अघि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाले नयाँ सरकार बनाउँदा सहयोग गर्ने आश्वासन ओलीलाई दिएका थिए । नयाँ सरकार बनाए एमाले, एमाओवादी र मधेसी दलहरुको सहयोग हुने तथा कन्भिन्स गरी राप्रपा नेपाललाई पनि ल्याउन सके कांग्रेसलाई प्रतिपक्षमा राख्न सकिने रणनीतिको बारेमा प्रचण्डले ओलीलाई सुझाव दिएको स्रोतको दाबी छ ।
 
त्यसो त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा रहेका बेला भएको सल्लाह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भएको लामो कुराकानी र छलफलका क्रममा पनि नेपालको सरकार परिवर्तन अनिवार्य रहेको बताइएको थियो । कांग्रेस नेतृत्व सरकारका कारण नेपालमा हुन लागेको पिडिए र पिटिए सम्झौता पनि हुन नसकेपछि एमाले प्रधानमन्त्री कोइरालासँग रुष्ट छ । सार्क शिखर सम्मेलनअघि नै सरकार ढालेर नयाँ सरकार बन्न सके एमालेको नेतृत्वमा, एमालेले तयार पारेको पिडिए र पिटिए सम्झौता पनि हुनसक्ने स्रोतले जनाएको छ । त्यसो त, भदौमा उपचारका लागि अमेरिका जान लागेका प्रधानमन्त्री सुशिल कोइरालाको बसाईको टुंगो नलागेका कारणले पनि सरकार तत्कालै परिवर्तन गरिहाल्नुपर्ने अवस्था रहेको नेताहरुले बताउँदै आएका छन् ।      

Post a Comment

0 Comments