Subscribe Us

उच्च अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन,
विकास निर्माण कार्यलाई समयभित्रै सम्पन्न गर

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निकायहरूलाई सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अपनाउन निर्देशन दिएका छन् । सार्वजनिक खरिद प्रक्रियामा मिलेमतो, अनियमितता, भ्रष्टाचार, विसङ्गति कहीँ कतै देखिनुहुँदैन, यस्ता प्रवृत्ति देखिएमा तत्काल कारबाही हुने प्रधानमन्त्री कोईरालाले चेतावनी दिए ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको आठाँै स्थापना दिवसका अवसरमा कार्यालयका गतिविधिबारे जानकारी दिन प्रधानमन्त्री निवास पुगेका कार्यालयका उच्च अधिकृतहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले विकास निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्न अनुगमनलाई प्रभाबकारी बनाउन निर्देशन दिए ।

कोईरालाले विकास निर्माण कार्यमा देखिने विकृति तत्काल रोक्न उच्च अधिकृतहरुलाई निर्देशन दिदै भने जनतालाई छिटो छरितो सेवा दिएमा सुशासन कायम हुने दाबी गरे । कार्यालयका कामु सचिव टङ्कमणि शर्माले सार्वजनिक खरिद सम्बन्धमा रहेका ऐन तथा नीतिमा समयानुकूल परिमार्जन गर्न र खरिद प्रक्रियालाई सरल बनाउँदै लान सुझाव दिएका थिए ।

सचिब शर्माले ठूला खरिदमा लागत एवम् गुणस्तर ठीक छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक रहेको जिकीर गरे । सो अवसरमा प्रधानमन्त्री कोइरालाले कार्यालयद्वारा आजदेखि सञ्चालनमा ल्याउन लागेको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्युरमेन्ट पोर्टलको शुभारम्भ गरेका थिए ।  थियो ।

Post a Comment

0 Comments