Subscribe Us

यु–१६ प्रिमियर क्रिकेटमा नेपालको जित
फुच्चाहरुको कमाल

काठमाडौं ।  नेपालले प्रतिद्वन्द्वी मलेसियालाई ३२ रनले पराजित गर्दै एसिसी यु–१६ प्रिमियर क्रिकेटमा बिजय हांसिल गरेको छ । मलेसियाको क्वालालम्पुर स्थिति किनरारा ओवल मैदानमा टस हारेको नेपालले ९ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो। जबाफमा आएको मलेसियाले ३६।२ ओभरमा १ सय २९ रनमै सीमित भएपछि नेपालको जित भएको हो ।  यो जितसंगै नेपालले मलेशियालाई चार खेलमा तिन पटक हराउन सफल भएको छ । यस अघि भएका तिन खेल मध्य दुई  नेपाले र एक मलेशियाले जितेका थिए ।

 मलेसियामा भएको उक्त प्रतियोगितामा  चार खेल खेलेको नेपाल चारै खेलमा जितहात पार्दै आठ अङ्कका साथ लिगको अङ्क तालिकामा शीर्ष स्थानमा र  मलेसिया सात अङ्कका साथ दोस्रो स्थानमा थिए। बुधवार फाईनलमा मलेशियालाई नेपालले ३२ रनले हराएको हो ।

 नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक÷एक अङ्क बाँडेको थियो । नेपालले बुधबार मलेसियालाई पराजित गरेपछि पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर प्राप्त गर्दै मलेसियासँग अघिल्लो संकरणको 
हारको बदलासमेत लिन सफल भएको छ ।
 
अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको सो प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको थिएन।

यस्तै यसअघि चार खेल खेलको नेपालले चारै खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।  नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित  गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

 एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलो पटक राउन्ड रोबिन लिगका आधारमा उक्त प्रतियोगिता आयोजना गरेको हो । टोलीमा नेपालसहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले भाग लिएका थिए । बुधबारको खेल मलेसियास्थित किनारा ओभल मैदानमा भएको थियो ।

Post a Comment

0 Comments