Subscribe Us

भाइलाई सभासद् बनाउन अत्यन्त कठिन र असहज भयो : थापा

काठमाडौं, १५ भदौः
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो भाइ गणेश थापालाई सभासद् मनोनयनका लागि सिफारिस गर्नु आफ्नो निम्ति अत्यन्त कठिन र असहज निर्णय भएको स्वीकार गर्नुभएको छ । सामाजिक सन्जाल र सन्चारमाध्यममा गणेश थापाको मनोनयनका बारेमा अधिकांश नकारात्मक प्रतिक्रिया आएको भन्दै थापाले यसको योग्यता क्षमता भन्दा पनि अध्यक्षको भाइ र एन्फा सन्बन्धी अनियमितता छानबीनको प्रसंगले बढि प्रतिक्रिया पाएको बताउनु भयो ।
थापाले फेसबुक र ट्वीटरमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै केही क्षुद्र टिप्पणीहरु बाहेक अधिकांश प्रतिक्रियालाई ग्रहण गर्ने पनि जानकारी गराउनु भएको छ ।
थापाले भने भन्नुभएको छ–‘गणेश मेरो सहोदर भाइ हो र उसले नेतृत्व गरेको एन्फा अहिले विवादको घेरामा पनि छ । यी दुवै यथार्थलाई म अहिले नै सवाल जवाफ गर्न चाहान्न, समय बलवान छ र समयलेनै सबै आरोप प्रत्यारोपको छिनोफानो गर्नेछ ।’
थापाले पार्टी केन्द्रीय कार्य समितिका बहुसंख्यक सदस्य गणेश थापालाई सभासद् बनाउने पक्षमा रहेको समेत दावी गर्नु भएको छ। आफूले सहज र सरल बाटोको साटो अप्ठेरो बाटो रोजेको पनि बताउनु भएको छ । ‘मन र मस्तिष्कको द्धन्द्धमा मनले जित्यो, मैले गणेश थापाको नाम सिफारिस गरँ । मैले यो निर्णयलाई समयको कसिमा छोडि दिएको छु ।’ थापाले भन्नुभयो ।
गणेश थापाको मनोनयनलाई पद्मसुन्दर लावती लगायका राप्रपा नेपालका अशन्तुष्ट नेताहरुले अस्वीकार गरेका छन् ।

Post a Comment

0 Comments