Subscribe Us

कलवाईपासमा सगल्न बंगलादेशी नागरिक पक्राउ

 
काठमाडौं । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्युरो (सिआईबील)ले अवैध कलवाईपासमा संगल्न तिन  वंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । सीआईबीले बालुवाटार खुशिबुबाट कलवाईपासमा संगल्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा महोम्मद हासन, नयन र एकेएम फजले रहेका छन् । उनीहरुको साथबाट प्रहरीले कलवाईपास गर्न प्रयोग हुने  उपकरणसमेत बरामद गरेको छ । सीआईबीले हालसम्म देश का बिभिन्न ६७ स्थानहरुमा कलवाईपास  बिरुद्ध अप्रेशन संचालन गरी स्वदेशी ९३ जना र बिदेशी ३३ जना गरी १२६ जनालाई पक्राउ गरी कारवाहीको लागि सम्बन्धित निकायमा पठाएको छ ।

सिआईबीले कलवाईपास संचालन गरिरहेको स्थानहरुबाट ठुलो परिमाणमा कलवाईपास गर्न प्रयोग हुने अत्याधुनिक उपकरणहरु सहित लगभग २० हजार थान बिभिन्न दुर संचार कंपनिहरुका सिमकार्ड समेत बरामद गरेको जनाएको छ ।  पक्राउ अभियुक्तहरु बिरुद्ध १२ अरब बराबरको बिगो मागदावी लिई अदालतका मुद्दा दर्ता गरेको छ ।  कलवाईपासमा संगल्न गिरोहले जिओआईपी  प्रबिधीको प्रयोग गरी कल बाईपास गर्ने  गरेको खुलासा सिआईबीको अनुसन्धानबाट खुलासा भएको छ ।







Post a Comment

0 Comments