Subscribe Us

‘मोष्ट वान्टेड’लाई लिएर हिमालयन बैंकका अध्यक्ष र सिइओबीच द्वन्द्व

काठमाडौं । हिमालयन बैंक लिमिटेड र एस डेभलभमेन्ट बैंकबीच मर्ज हुने तयारी भइरहेका बेला बैंकमा दुई वर्ष अघिको एटीएम घोटला काण्डले समस्या पैदा गरेको छ । हिमालयन बैंकको एटीएम कार्ड प्रयोग गरी पा“च करोड ७५ लाख रुपैयां ठगी गर्ने अनिशभक्त सुवाल डंगोललाई नेपाल प्रहरीले ‘मोष्ट वान्टेड’ सूचीमा राखेपनि बैंककै एक समूहको संरक्षणका कारण सुवाल हालसम्म पनि पक्राउ परेका छैनन् । सुवालले बैंकको केन्द्रीय कार्यालयमा सहायक प्रवन्धकको रुपमा कार्ड सिस्टममा काम गरेका थिए ।

बैंक स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृत अशोक राणा र अध्यक्ष मनोजबहादुर श्रेष्ठबीचको द्वन्द्वका कारण एस डेभलभमेन्ट बैंकसंग हुने मर्जर प्रक्रिया पनि लम्बिएको छ । बैंकमा आप्mनो पकड गुम्ने डरले एटीएम घोटला काण्डका मुख्य गिरोह सुवाललाई संरक्षण दिंदै आएका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बखेडा सृजना गरेको बताइएको छ । अध्यक्ष श्रेष्ठमाथि महानगरिय प्रहरी अपराध महाशाखाका तत्कालिन प्रमुख विजयलाल कायस्थ र केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) का केही अधिकारीलाई प्रभावमा पारी सुवाललाई पक्राउ गर्नबाट जोगाएको आरोप लाग्ने गरेको छ ।

श्रेष्ठले एटिएम घोटला काण्डमा बैंकको व्यवस्थापनमा काम गर्ने कुनै पनि कर्मचारीलाई छानविन समितिमा नराखी सञ्चालकहरु विजयबहादुर श्रेष्ठ, प्रचण्ड श्रेष्ठ र सुशिल थापासहितको समिति बनाएका थिए । श्रेष्ठ अनुकुलको उक्त समितिले सुवाललाई उल्टै प्रमुख कार्यकारी अधिकृत राणा र मानव संशाधनका कपिलप्रसाद लोहनीले कुनै कारबाही नगरेको जस्तो प्रतिवेदन तयार पार्न लगाई राणालाई मुछेपछि दुबै समूहबीच द्वन्द्व बढेको हो । उक्त समितिले लिखित वयान नलिई सुवाललाई राणाले नै संरक्षण दिएको जस्तो प्रतिवेदन तयार पारेको थियो । त्यसो त यो प्रकरणमा महाप्रवन्धक उज्वलराज भण्डारीको संकास्पद भूमिका रहेकाले पनि सुवालले थप खेल्ने मौका पाएका छन् ।

बैंकका डेपुटी म्यानेजर सुनिल गोपाल भण्डारीले राणा र उज्वल मिलेर सुवाललाई भगाउन मद्दत पु¥याएको बयान समेत दिएका थिए । तर यो प्रकरण बारे बैंक स्रोत भन्छ–‘अध्यक्ष श्रेष्ठ आपैmले सुवाललाई संरक्षण गरी उल्टै राणालाई मुछेर बद्नाम गराईरहेका छन्, तर बैंकका सबै कर्मचारीले यो खेल बुझिसकेका छन् ।’

बैंकको कमलादीस्थित भवन निर्माणमा करोडौं घोटलामा मुछिएका अध्यक्ष श्रेष्ठले राणालाई सुवालस“ग जोडेर बद्नाम गरी कार्यकारी अधिकृतबाट हटाउन रचेको खेल पूरा नभएपछि उनी नया“ षड्यन्त्र रचिरहेका छन् । स्रोतका अनुसार उनले राष्ट्र बैंकका केही पदाधिकारीलाई प्रभावमा पारी राणा विरुद्ध कारबाहीको पत्र समेत काट्न लगाएका छन् ।

 यता, महानगरिय प्रहरी अपराध महाशाखा र परिसरकै संयुक्त टोलीले यतिखेर सुवालको सूचना संकलन गर्न थालेपछि अध्यक्ष श्रेष्ठ तिल्मिलाएको बताइन्छ । प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्ष्ँ श्रेष्ठले बैंक भित्र सुवाललाई संरक्षण गरेको भन्दै बद्नाम गर्न थालेपछि केही समय अघिदेखि राणाले सुवाललाई पक्राउ गर्न प्रहरीका विभिन्न निकायलाई गुहारेका थिए ।

सुवालको जालो

काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने सुवालका बाबु रामभक्त सुवाल र अध्यक्ष्ाँ श्रेष्ठबीच राम्रो सम्बन्ध रहेको बैंकका जानकारहरु बताउछन् । स्रोतका अनुसार बाबु रामभक्तले बानेश्वरको जग्गा दिएर छोरालाई जोगाउन श्रेष्ठसंग सहमति समेत गरेका थिए । तर यो प्रकरण राष्ट्र बैंकमार्फत सिआईवी र अपराध महाशाखामा पुगेपछि दुबैंको खेल पूरा हुन पाएन । अपराध महाशाखाको एक टोलीले बैंकका जिम्मेवार पदाधिकारीलाई बोलाएर पटक–पटक बयान समेत लिइसकेको छ । सुवाल अहिले भारतमा बस्दै आएको सूचना प्रहरीसंग छ । तर प्रहरीले भने यसमा चासो नदेखाउनुलाई अध्यक्ष श्रेष्ठको प्रभावको रुपमा लिने गरिएको छ ।

हिमालयन बैंकको एटिएमबाट रकम ठगी गरेपछि सुवाल नयांदिल्ली पुगेका थिए । त्यहां पुगेर उनले नक्कली एटिएम कार्ड बनाई हिमालयन बैंकको सिस्टममा रहेका एनआईसी र एस विकास बैंकको खाताबाट लाखौं रुपैया“ चोरी गरेका थिए । भारतमा  नक्कली एटिएम कार्डमार्फत फेरी चोरी सुरु भएपछि बैंकले आङ्खनो एटिएम सिस्टममा परिवर्तन ग¥यो । बैंकले सिस्टमसंगै बैंकका पुराना कार्डसंग नयां कार्ड परिवर्तन गरेको थियो भने कार्ड होल्डरलाई अनिवार्य पिन नम्वर परिवर्तन गर्न आग्रह गरेको थियो ।

उनले यसरी थप ४० लाख रुपैयां चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । हिमालयन बैंकपछि नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्जालमा रहेका एटिएमबाट सुवालले नक्कली कार्ड बनाई रकम चोरी सुरु गरेका थिए । यही काण्डमा उनका केही सहयोगीलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ । यही काण्डपछि नेपाली बैंकले भारतमा एटिएम प्रयोग गरी झिक्ने रकमको ‘लिमिट’ घटाउन थालेका छन् ।

अर्कोतिर विभिन्न समयमा नेपाल तथा भारतका एटिएम मेसिनबाट नक्कली एटिएम कार्ड प्रयोग गरी नेपालमा रहेका विभिन्न बैंकका खाताबाट रकम निकाल्ने कार्यमा संलग्नलाइ सिआईवीले तीन जनालाई पक्राउ गरेको थियो । सोही घटनामा संलग्न रही फरार रहेका ‘सन्जु’ भनिने भारतीय र काठमाडौं घर बताउने सुरज गुरुङको सिआईबीले स्केच सार्वजनिक गरी खोजी गरिरहेको भए पनि हालसम्म पक्राउ गर्न सकेको छैन । स्रोतका अनुसार सुवालको सम्बन्ध सुरजस“ग पनि रहेको छ ।

 यिनीहरुले नै नक्कली कार्डको खरिद विक्री गर्ने गरेका छन् ।नक्कली कार्ड भारतको दिल्ली र हल्दानी क्षेत्रमा समेत प्रयोग भएको, नेपालका नबिल, सिद्धार्थ र सनराइज बैंकको एटिएम मेसिनबाट रकम झिकेको र बरामद कार्डमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको १२–१२, लक्ष्मी बैंकको एक, भारतीय बैंकको एक, मास्टर कार्ड र भिसा कार्ड एक एक रहेको थियो ।यूनाईटेड पोष्टबाट

Post a Comment

0 Comments