Subscribe Us

मोदीको डरले पाकिस्तान छाडे डन दाउद्

भारतमा नरेन्द्र मोदीको शक्तिसाली सरकार बनेपछि अंडरवल्ड डन दाउद्को जिना हराम भएको छ । पाकिस्तानको कराचीमा रहेका दाउद् अहिले मोदीको डरले कराचीबाट तालिवान क्षेत्रमा भागेको भारतिय संञ्चारमाध्यमले दाबी गरेका छन् । 

चुनावी प्रचार प्रसारमै दाउद्ले आफूले सत्ता सम्हाल्न पाए दाउद्लाई पाकिस्तानबाट पक्राउ गरेर भारतमा ल्याउने जिकीर समेत गरेका थिए । 

मोदीले दाउद् खोज्न बिषेश टोली तयारपारेको थाहा पाएपछि दााउद पाकिस्तान छोडेर तालिवानको क्षेत्रमा लुकुछिपी बस्न थालेको भारतिय सञ्चारमाध्यमले दाबीका साथ समाचार प्रकाशित गरेका छन् । 

अंग्रेजी प्रत्रिका डीएनए का अनसार पक्राउ पर्ने वा मारिने आशंकाले दाऊद सुदूरवर्ती  क्षेत्रमा लुकेको दाबी छ ।
 डीएनएका अनुसार  पाकिस्तान की खुफिया एजेंसी आईएसआई ले दाउद्लाई सुरक्षा दिईरहेको दाबी गरेको छ । मोदीको डरले भारतमा रहेका अंडरवर्ल्डसंग जोडिएका अन्य सदस्यहरुलेसमेत भारत छोडेको भारतिय सञ्चार माध्यमाले दाबी गरेको छ ।
 

Post a Comment

0 Comments