Subscribe Us

हजुरबा र बाबुबाटै युबती बलात्कार
बाबु पक्राउ, हजुबाले गरे आत्महत्या

गत साउन ३० गतेका दिन भने घटना उल्टो घट्यो ।  आफ्नै बाबुको कान्छी श्रीमती भएर बस्नु भन्दा मर्नु नै बेश मानेर उनले विष सेवन गरी आत्महत्या प्रयास गरिन् । तर, उनलाई देख्नेले बचाए ।  उनले सुसाईट नोटमा लेखेकी थिइन्,‘ बाउको कान्छी श्रीमती बनेर बस्नु भन्दा मर्न बेश । म मरेपछि मलाई बलात्कार गर्ने बाउ र हजुरवाउलाई मृत्युदण्ड दिइयोस् ।’ 


काभ्रे । आफ्नो बाबुले पटकपटक बलात्कार गरेपछि विछिप्त बनेकी १८ बर्षिय किशोरीले प्रशासनमा उजुरी दिएलगत्तै बालात्कारी बाबु प्रकाशबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे सुब्बा गाउ“–२ निवासी प्रकाशबहादुर कार्कीले आफ्ना ४ वटी श्रीमतीबाट पनि अतृप्त बनेपछि आफ्नै छोरीलाई समेत पटकपटक बालात्कार गर्ने गरेको किशोरीको बयानबाट खुलेको छ ।
बलात्कारी कार्कि प्रहरीको हिरासतमा

 कक्षा ९ पढ्दा विदेशबाट फर्किएका बाबु प्रकाशले बलात्कृत सिता (नाम परिवर्तित) लाई अनेक बहानामा बलात्कार गर्ने गरेका थिए । सानै उमेरमा बाबु विदेश भएका बेला हजुरबुबाले बलात्कार गरेको कुरा न्याय पाउने आशामा ती बालिकाले एक दिन आफ्नो बाबुलाई हिम्मत जुटाएर बताएकी थिइन् । न्याया दिलाउनु त परैजाओस्, मौका मिल्ने वित्तिकै ती किशोरीका बाबु प्रकाशले बलात्कारको बारेमा कुरा गर्नु छ भन्दै बोलाएर पहिलो पटक विदेशबाट आएपछि मुख छोपेर बलात्कार गरे । त्यतिबेला उनी कक्षा नौंमा अध्ययनरत थिइन् । त्यसपछिका दिनमा सीताले आफ्नै बाबुको कान्छी श्रीमती बराबरको हैसियतमा बस्नु प¥यो । 

‘आफ्नो श्रीमतीलाई काममा पठाउने र एकान्त हुने वित्तिकै छोरी सीतालाई प्रकाशले कति पटक बलात्कार गरे त्यसको कुनै हिसावकिताव छैन् । एसएलसीमा राम्रो अंक ल्याएर पास गरेकी सीतालाई प्रकाशले मोबाइल किनिदियो, मम खुवायो, गाडीमा बोकेर हिड्यो, बलात्कार गरिरह्यो । सीता नर्स पढ्न चाहान्थिन्, तर, उसले सीतालाई फकाउ“दै भन्यो,‘मैले भनेको जस्तो गरिराख, म सवै गरिहाल्छु नि ।’ गत साउन ३० गतेका दिन भने घटना उल्टो घट्यो ।  आफ्नै बाबुको कान्छी श्रीमती भएर बस्नु भन्दा मर्नु नै बेश मानेर उनले विष सेवन गरी आत्महत्या प्रयास गरिन् । तर, उनलाई देख्नेले बचाए ।  उनले सुसाईट नोटमा लेखेकी थिइन्,‘ बाउको कान्छी श्रीमती बनेर बस्नु भन्दा मर्न बेश । म मरेपछि मलाई बलात्कार गर्ने बाउ र हजुरवाउलाई मृत्युदण्ड दिइयोस् ।’ 

तर, दुभाग्र्य त्यो सुसाईट नोट प्रहरीले फेला पारेन, बरु उनकै बलात्कारी बाउले फेला पारे । अस्पताल पु¥याइयो, डाक्टरले पनि बयान लिए, उनले पनि सवैकुरा बताईन् । प्रहरीले प्रमाण संकलनस“गै बलात्कारी बाबुलाई पक्राउ गरी कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको छ । बाबुलाई पक्राउ गर्नसाथ सिताका हजुरबाले आत्म हत्या गरेका छन् । सीता अस्पतालमा नै बस्दा पनि बन्दीको हैसियतमा बस्नु प¥यो । सीतालाई अहिले विगत लामो समयदेखि यौनहिंसा विरुद्ध लड्दै आएको रक्षा नेपाल नामक संस्थाले आश्रयमा रहेको छ । अहिले सीताको एउटै माग छ, ‘कि मलाई मर्न देऊ, नत्र बलात्कारी बाउ, हजरबाउलाई मृत्युदण्ड देऊ ।’
           कसरी सीता बलात्कृत भइन् ?
 
सीता सानै थिइन् । उनको गाउ“ बेसीमा घर थियो । बाबु विदेशीएका थिए । एक दिन हजरबुबा विरामी परे । खाना पकाएर खुवाउ“छे भन्दै नातिनीलाई उनकी आमाले बेशीमा हजुरबुवास“गै छाडिन् । त्यसदिन राती उनका हजुरबुबाले सानै भएकाले डराउने भन्दै आफैस“ग सुताए ।

 सुत्ने क्रममा राक्षुसी चरित्रका ती हजुरवाउले बालिकाको संवेदनशिल अंगमा चलाउने, छुने गर्दै बलात्कार गरे ।  सीतालाई थाहा पनि थिएन कि हजुरबाउले के गरे ? भोलीपल्ट एकदमै रक्तश्राव भएपछि आफै अस्पताल पनि पु¥याए, ती हजुरबाउले । उनले कसरी यो केशलाई मिलाए, सीतालाई पत्तो मिलेन् । फेरि हजुरवाउले बलात्कार गरेपछि विद्यालयबाट रक्तश्राव धेरै भएको खबर सीताको आमाकहा“ पुग्यो । तर, उनले इज्जत जाने डरका कारण छोरीको कुरा कहिल्यै सुनिनन् ।  एउटी अवोध बालिकामाथि लगातार यसरी अपराध हु“दै गयो । त्यसपछि जव अलिअलि सीतालाई थाहा हुन थाल्य,ो उनी छलेर त्यहा“ बस्न छाडिन् । 

हजुरवाउले बलात्कार गरेको तीन बर्षपछि विदेशबाट सीताका बाउ फर्किए । उनले न्याय पाउने आशामा सवैकुरा आफ्नो बाबुलाई भन्ने निधो गरिन् । तर, दुभाग्र्य तिनै राक्षस बाबुबाट पटकपटक बलात्कृत मात्र हुनु परेन्, कान्छी श्रीमतीको दर्जामा समेत बस्नु बाध्य भईन सीता । त्यसपछि सीतास“गै कुनै विकल्प थिएन् । आफू अन्यायमा परेको सुन्ने कोही थिएन्, आफ्नो भन्ने कोही नभएपछि मानसिक तनावका कारणका उनले आत्यहत्याको बाटो रोजिन् । उनलाई बलात्कार गर्ने हजुरबाउको नाम ईन्द्रबहादुुर कार्की हुन् । हजुरबाउलाई समेत कानूनी कठघरमा ल्याउने प्रयासमा काभ्रेका एसपी अरुण विसी जुटेका छन् । काभ्रे प्रहरीका एसपी अरुण विसीले बलात्कारी राक्षसबाबुलाई पक्राउ गरी कारवाहीका लागि कानूनी प्रक्रिया अगाडि बढाएका छन् ।

Post a Comment

0 Comments