Subscribe Us

अर्थ मन्त्री डा महत बधवार चिन भ्रमणमा निस्कदै

काठमाडौ। अर्थमन्त्री डा रामशरण महत बुधबार चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा अर्थमन्त्री डा महत बेइजिङतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

पछिल्लो समय नेपालको समग्र आर्थिक विकासको अगुवाई गरिरहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा अर्थमन्त्री डा महतले नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सदभाव जुटाउने उद्देश्यले यो भ्रमण तय भएको छ । विगत लामो समयदेखि नेपालका अर्थमन्त्रीले चीनको भ्रमण नगरेको पृष्ठभूमिमा अर्थमन्त्री डा महतको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

भारतसँग मात्र होइन पछिल्लो समय उत्तरतर्फको अर्को छिमेकीसँग पनि नेपालको व्यापारघाटा बढ्दै गएको छ । यो बढ्दो व्यापारघाटा घटाउने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने, दुवै मुलुकका अन्य पारस्परिक हितका विषयहरुमा छलफल हुने कार्यक्रम रहेको छ । अर्थमन्त्री डा महतले चीन भ्रमणका क्रममा त्यहाँका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि भेटघाट तथा छलफल हुने कार्यक्रम रहेको छ । नेपालको चीनतर्फको निर्यात रु २ अर्ब ५३ करोड र आयात रु ६८ अर्ब ४५ करोड रहेको छ भने व्यापारघाटा ६५ अर्ब रहेको छ ।

यसैक्रममा यस क्षेत्रको पूर्वाधार क्षेत्रमा व्यापक लगानी गर्ने उद्देश्यका साथ चीनको अगुवाईमा स्थापना हुन लागेको एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको स्थापना हुन लागेको छ । नेपालले सो बैंकको संस्थापक सदस्य बन्ने निर्णय गरिसकेको छ । सहसचिव मधकुमार मरासिनीको नेतृत्वमा रहेको अर्थमन्त्रालयका अधिकारीहरुको एक टोलीले उक्त बैंकको चौथो बहुपक्षीय परामर्श वैठकमा पनि भाग लिने कार्यक्रम तय भएको छ ।

Post a Comment

0 Comments