Subscribe Us

चार डीआईजीलाई एआईजी किन नबनाएकोः सर्बोच्च अदालत


काठमाडौ । चार डिआइजीहरुलाई एआइजीमा बढुवा किन नगरेको भन्दै सर्वोच्च अदालतले सरकारसग कारण देखाउ आदेश माग गरेको छ । बढुवामा नपरेका चारजना डिआइजीहरुले दायर गरेको रिटमाथि आइतबार अदालतले सरकारका नाममा आदेश गर्दै बढुवा नगर्नुको कारण्ँ माग गरेको हो । प्रधान्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले सरकारलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ  । 

डीआइजी यादव अधिकारीले गत साउन ३१ र डिआइजीहरु सुशीलवरसिंह थापा, परशुराम खत्री र विश्वराजसिंह खत्रीले गत साता आफूहरुलाई अन्याय परेको भन्दै सर्वोच्चको शरणमा पुगेका थिए ।   उनीहरुले आफू योग्य हंदाहुंदै सरकारले नियम बिपरित बढुवा गरेको रिटमा उल्लेख गरेका छन् । सरकारले मनोमानी ढंगले एआइजी बढुवा गरेको उनीहरुको आरोप छ । प्रचलित कानुनविपरीत गएर सरकारले ९ जना डिआइजीलाई एआइजी बनाएकोसमेत उनीहरुले रिटमा जिकिर गरेका छन् ।

 डिआइजी यादव अधिकारीले दर्ता गरेको रिटमा कार्यक्षमताको मूल्यांकनमा भेदभाव गरिएको उल्लेख गर्दै नियम र प्रक्रिया मिचेर बढुवा गरिएकोले बढुवा रोक्नका लागि अन्तरिम आदेशको माग गरेका छन् । उनले आफू पनि बढुवा लागि योग्य भएको जिकिर गरेका छन् । डीआईजी अधिकारीले वारेस केशवप्रसाद पौडेलमार्फत दायर रिटमा पुनारावलोकन समितिले आङ्खनो नाम ८ नम्बरमा राखेको तर, नौ जनाको बढुवा हु“दा आफू नपरेको भन्दै अधिकारीले बढुवा रोक्न अन्तरिम आदेशको माग गरेका छन् ।

Post a Comment

0 Comments