Subscribe Us

सुनकोसी नदी थुनिद दुई जलविद्युत् आयोजना जोखिममा, लोडसेडि बढ्यो

काठमाडौँ । सिन्धुपाल्चोकस्थित सुनकोसी नदी थुनिएका कारण दुई जलविद्युत् आयोजना जोखिममा परेका छन् । नदी थुनिएका कारण २।५ मेगावाट क्षमताको सानिमा माई जलविद्युत् आयोजनाको सानो सुनकोसी डुबेको छ । 

नदी थुनिएको स्थान राम्चे नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको १०।५० मेगावाट क्षमताको सुनकोसी जलविद्युत् आयोजनाको पनि उत्पादन रोकिएको छ । रोकिएको पानी एकै पटक खुलेको खण्डमा सो आयोजनाको बाँध र भौतिक संरचनासमेत बगाउने भएकाले सजगता अपनाउन स्थानीय प्रशासनले जानकारी गराएको छ ।

सानिमा माई जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक डा सुवर्णदास श्रेष्ठका अनुसार विपत्तिका कारण आयोजनाको विद्युत्गृह र कर्मचारी अवास भवन डुबेको छ । सो आयोजना २०६१ साल चैत २१ देखि सञ्चालनमा रहेको थियो ।

पहिराले नदी थुन्दा प्राधिकरणको केन्द्रीय प्रसारणमा करिब ७० मेगावाट बराबरको विद्युत् आपूर्तिमा कमी आएको छ । भोटेकोसी, सुनकोसी, सानो सुनकोसी, चाकु, भैरवकुण्डलगायत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएको छैन ।

करिब रु ३५ करोड लागतमा निर्माण भएको सानो सुनकोसी आयोजनाको प्रवद्र्धक सानिमाले केही वर्ष पहिले रु १२ करोडको पेनस्टक पाइप फेरेको प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । पहिराका कारण सो आयोजनाको प्रसारण लाइनसमेत क्षतिग्रस्त भएको छ ।

 मर्मत सम्भारका लागि छ महिनाभन्दा बढी लाग्ने बताउँदै उहाँले क्षतिपूर्तिका लागि आजै गृह मन्त्रालयलाई अनुरोध गरिसकिएको जानकारी दिनुभयो । यता प्राधिकरणले पनि सुनकोसी जलविद्युत् आयोजना बन्द गरिएको जनाएको छ ।

Post a Comment

0 Comments