Subscribe Us

डन चक्रेको वाढी पीडितलाई दुई लाख सहयोग, प्रहरी निगरानी राख्दै

काठमाडौं,७ भदौ   दुई महिना अघी मात्र अपराधको संजाय काटेर रिहा भएका डन मिलन गुरुङ ‘चक्रे’ ले सामाजिक काममा रुपान्तरण भएको सन्देस दिन खोजेका छन् । दुई करोड रुपैंया फिरौती नबुझाउंदा व्यवशायीको डोजर जलाएर चालक एवं सहचालकको हत्या प्रयास गर्न समेत पछि नपर्ने चक्रेले  जिल्ला दैबी प्रकोप राहत कोश सिन्धुपाल्चोकलाई दुई लाख पाँच हजारको चेक हस्तान्तरण गरेका हुन्
 
। चक्रेले शुक्रबार  मेघा बैंकको चेक  हस्तान्तरण गरेका हुन् त्यसो त गुण्डा नाइकेहरु सामाजिक काममा लाग्नु कुनै नौलो कुरा होइन प्रहरीको फन्दाबाट जोगिन गुण्डा नाइकेले सामाजिक कार्यहरु जस्तै : बाटोको निर्माण,सरसफाइ,खानेपानीको सुबिधा दिने , टोल सुधार जस्ता सामाजिक कामहरु गर्दछन्  
 
 तर महानगरिय प्रहरी परिसर हनुमानढोकाका एक प्रहरी अधिकारि भन्छन – ‘यस्ता कामहरु गुण्डाले गर्नु भनेको समाजमा प्रभाव देखाएर आफ्नो असुली धन्दालाई भित्र भित्रै सँचालन गर्नु हो, गुण्डाको स्वभाव परिवर्तन हुनु साधारण कुरा होइन, तर कुनै पनि कारणले पीडित भएका जनतालाई सहयोग गरेर उनीहरु कहिले पनि सुध्रिन सक्दैनन् । 
   उनीहरु सुध्रिने कुरा उनीहरुको क्रियाकलापबाट मात्र थाहा  हुन्छ ।’ डन दिनेश अधिकारी चरी मारिएपछि प्रहरीले चक्रेको समुहका कृयाकलाप माथि निगरानी समेत बढाएको उनले जानकारी दिए पछिल्लो समयमा चक्रे र चरी एउटै समुहमा थिए चक्रेले प्रहरी इन्काउन्टरमा मारिएका चरीको पार्थिव शरीरमा शनिबार अन्तिम श्रद्धान्जली पनि दिएका छन् ।

Post a Comment

0 Comments