Subscribe Us

कालो धन र हतियारमा रमाउदै डन घैंटे

अबैध हतियार तेस्र्याउदै डन घैंटे
काठमाडौं । प्रहरीले नाम चलेका गुण्डाका नाइके बिरुद्ध भित्र भित्रै सूचना संकलन गरी कारबाही अभियान तिब्र बनाएपनि केहि नाइकेलाई भने त्यसले छुन सकेको छैन । सामाखुसीलाई आधार क्षेत्र बनाएर हप्ता असुली गर्दै हाल ठेकेदार बनेका गुण्डाका नाइके कुमार श्रेष्ठ उर्फ घैंटेलाई भने न एसएसपी रमेश खरेलले छुन सके न त माहानगरीय प्रहरी परिसरका हालका एसएसपी उत्तम कार्की र अपराध महाशाखाका एसएसपी पुस्कर कार्कीले नै ।

महाशाखाका एक अधिकारीका अनुसार घैंटेले झण्डै तीस करोड अवैध रकम गजुरमूखी निमाण सेवाको नामबाट असुली सकेका छन् । पैसाकै आडमा उनले प्रहरीका केहि उच्च हाकिमलाई मिलाईसकेको हुदा छानबिन नै हुन नसकेको हो । स्रोतका अनुसार नेपाल निर्माण ब्यबसायी महासंघका महासचिव सरद गौंचनले घैंटेलाई ठेक्का पट्टाबाट रकम असुल्न सहयोग पु¥याइरहेका छन् । घैंटेलाई गौंचनले ठेक्का कब्जा गर्न समेत प्रयोग गर्ने गरको महासघंका एक अधिकारीले बताए । अकुत थुपारेपछि
प्रहरीसंग सेटिङ मिलाएका घैंटेले आफ्नो शोख पैसा र अबैध हतियार भएको जनाउंदै फेसबुक (शोराज आईडो) मार्फत करोडपति र अपराधि भएको पुष्टि गरेका छन् । उनले आफ्नो फेसबुक पेजबाट करोड रुपैयांको थुप्रोमा खिचेको फोटो र पोस्तोल र एसएमजी बोकेको फोटो सार्बजनिक गरेका छन् ।

 घैंटेले शोराज आईडो नामको फेसबुक एकाउन्ट खोली पैसा खांदै गरेको तस्बिर सार्बजनिक मात्र गरेका छैनन्, उनले आफू बन्दुकमा शौखिन रहेका तस्बिर पनि पोष्ट गर्दा समेत उक्त हतियार कांहाबाट आयो भनेर प्रहरीले अनुसन्धान सुरु गर्ने हिम्मत गरेको छैनन् । 

कहिले सिंगापुर त कहिले हङकडमा बसेर गजुरमूखी निर्माण सेवा मार्फत ठेक्का पट्टाको काम गर्दै आएका गुण्डा नाइके घैंटेलाई कांग्रेस नेता अर्जुननरसिंह केसीले सरक्षण दिएका कारण प्रहरीलाई घैंटेमाथि कारबाहि गर्न असहज बन्ने गरेको प्रहरी स्रोत बताउछ । ठेक्का पट्टामा बिदेशबाटै गुण्डा परिचालन गरी अबैध रुपमा रकम कमाई रहेका घैंटेको भाग्य भने प्रहरी इन्काउन्टरमा कुख्यात गुण्डाका नाईके  चरी मारिनु र अर्का गुण्डाका नाईके रमेश बाहुन लागू औंषधसहित पक्राउ परेपछि झन खुलेको छ । घैंटेलाई महासंघका महासचिव गौचन, ललितपूरका ब्यापारी एबम ठेकदार राजन श्रेष्ठले संरक्षण दिंदै आएका छन् ।

कुनै समय चरीलाई आपराधीक क्रियाकलापतर्फ उन्मुख गराउने डन घंैटेले अहिले बाफलका गुण्डा समिरमान बस्नेत र सामाखुशिका सानो भाईलाई प्रयोग गर्दै ठेक्का पट्ट कब्जा गर्दै आएका छन् । गजुरमूखी कम्पनी कांग्रेस नेता जगदीस नरसिंह केसी, उनकी श्रीमती, सामाखुसीका शान्ताराम महर्जन, हेटौडाका सन्तोष श्रेष्ठलगायत ७ जनाको नाममा भएपनि पर्दा पछाडिबाट खेल्ने घंैटे नै भएको प्रहरीको बुझाइ छ । बबइ सिंचाई आयोजनाका प्रमुख महेश्वर नरसिंह केसीसंग मिलेर जगदिश र घैंटेले झन्डै ९ करोडको ठेक्का हात पारेपछि घैटेलाई राम्रो राजनीतिक संरक्षण मिलेको स्रोतको दाजी छ ।

 त्यसैगरी तराईको धनुषा महोत्तरी खण्डको रेलमार्गको काममा भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र नीधिसंग मिलेर घैटे र जगदीशले ६० करोडको टेन्डर हातपार्न लागेको समेत चर्चा छ । यो रेलमार्गका लागि संसदबाट बजेट नै पारित भैसकेको छ ।

पशुपति क्याम्पसको भवन निर्माणमा पनि घैंटेको जोडबलमा उक्त कम्पनीले टेन्डर हात पारी काम गरेको छ । विभिन्न अपराधिक क्रियाकलापाम संलग्न हुंदै आएका घैंटेले पछिल्लो समय दरबारमार्गमा काभ्रेली समूहका अमित लामामाथि गोली प्रहार गरेपछि आतंकको राजलाई थप सक्रिय बनाएका थिए । लामालाई गोली प्रहार गरी फरार भएका घैंटेलाई लाजिम्पाटको शंकर होटलबाट प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै पेस्तोल तेस्र्याएपछि प्रहरीको फायरिङमा परी घाइते भएका थिए ।

 उनी १६ महिना हातहतियार तथा खरखजाना मुद्दामा र ज्यान मार्ने उद्योगको अभियोगमा जेल जीवन विताएका थिए । प्रहरीले उनलाई जेलमुक्त भएपछि उनको क्रियाकलापलाई निगरानी गर्न हातमा डिभाइस राखेर छाडेको थिए । सुरुमा घैटे मिलन चक्रे समूहमा आवद्ध भएर काम गरेका थिए । अहिले डन घैंटेले चक्रेमाथि आक्रमण गर्न खोजिरहेको र चक्रेले घैंटेमाथि आक्रमण गर्न खोजिरहेकाले प्रहरीले उनको हरेक क्रियाकलापमाथि निगरानी बढाउको छ ।

Post a Comment

0 Comments