Subscribe Us

कुमुद र खुश्वुको सम्बन्ध के हो ?

 
काठमाडौं । राजधानीमा इन्सपेक्टर कुमुद ढुंगेल गुण्डा सर्कलहरुको नजरमा सिंगमका रुपमा परिचित छन् । डन दिनेश अधिकारी ‘चरी’ कि प्रेमिका खुश्वु ओलीले आफूलाई ढुंगेलले मन पराएको तर अस्वीकार गरेपछि ढुंगेल पनि आफू विरुद्ध लागेको भन्दै सञ्चारमाध्यमरुमा बोलिरहेकी छन् ।

 तर चरीको सफायाका लागि ढुंगेल र ओलीको सम्बन्धको बारेमा भने प्रहरी प्रधान कार्यालयलाई पहिले नै जानकारी भइसकेको हुँदा यो विषयमा ढुंगेललाई मुछिनुको कुनै तुक नभएको विभाग स्रोत बताउँछ । करिब १५ महिना अगाडि इन्सपेक्टर ढुंगेल महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा प्रमुख हुँदा अर्पण कोइराला खुश्बु ओलीलाई लिएर उनको कार्यालयमा पुगेका थिए । ‘दाई मेरो गर्लफ्रेण्ड खुश्बु ओली ।’ अर्पणले ढुंगेललाई चिनजान गराए ।  आफूहरुले अनाथालय खोलेकाले दरबारमार्ग क्षेत्रका सडक बालबालिका खोजिदिन भन्दै त्यसरी इन्सपेक्टर ढुंगेलकोमा पुगेका थिए ओली र कोइराला ।
 
त्यसपछि विभिन्न कामका लागि ओलीले ढुंगेललाई फोन गरिरहन्थिन् । दुई जनाबिच मित्रता बढ्दै गयो । एकदिन ओलीले ढुंगेललाई फोन गर्दै भनिन्, ‘दाई मरो त इन्गेजमेन्ट हुन लाग्यो ।’ इन्सपेक्टर ढुंगेलले सोधे कोसँग ? ‘त्यो बारे पछि भन्छु दाई’ भन्दै उनले कुरा लुकाईन् । पछि ढुंगेलले डन दिनेश अधिकारी चरीसँग ओलीको प्रेम चक्कर चलेको थाहा पाए । त्यसपछि उनले चरीलाई पक्राउ गर्नका लागि ओलीसँग नजिक भए ।
 
तर ढुंगेलले सामाजिक सेवामा लागेको व्यक्ति फस्न सक्ने बुझेर गलत व्यक्तिलाई रोज्यौ बहिनी, त्यो ठिक मान्छे होइन भनेर सुझाव समेत दिए । यहि सुझावलाई नै यतिखेर ओलीले ढुंगेलले मन पराएको भन्दै हल्ला गर्न थालेकी हुन् । त्यसपछि पनि ओलीले पटक–पटक इन्सपेक्टर ढुंगेललाई विभिन्न वहानामा फोन गरी भेट्न खोज्दथिन् । उता ओलीकी पूर्वप्रेमी अर्पण कोइराला बिक्षिप्त भइसकेका थिए । आफ्नो गाडी र विभिन्न सम्पत्ति गरी एक करोड रुपैयाँ ओलीले ठगी गरेको तथ्य खुल्यो ।
 
त्यसपछि ओलीको फोन इन्सपेक्टर ढुंगेलले उठाउन छाडे । अर्काे कारण चरी पनि थिए । त्यही बिचमा धादिङका गुण्डा राधे भण्डारीलाई खुकुरी हानेको घटनामा चरी फरार भए । राजधानीमा ‘ग्याङ वार’ बढ्ने संकेत देखिएपछि प्रहरी मुख्यालयले गुण्डाहरुको बारेमा नयाँ सूचि बनाएर कारबाही प्रक्रिया अगाडि बढायो ।
इन्सपेक्टर ढुंगेलकै टोलीले तीन सय भन्दा धेरैलाई पक्राउ गर्‍यो । काठमाडौंका गुण्डाहरुको भागाभाग भयो । प्रहरीको खास निशानामा रमेश बाहुन र दिनेश अधिकारी ‘चरी’ थिए । तर उनीहरु भने अदालतमा उपस्थित भएर मुद्दा मिलाउने तयारीमा लागेका थिए ।

 तर इन्सपेक्टर ढुंगेलले दुवै जनालाई पछयाइरहेकाले उनीहरु अदालत जाने आँट गरेनन् । त्यसकारण उनीहरुको ढुंगेलसँग दुश्मनी बढ्दै गयो । चरीले ढुंगेलको परिवार नै मारिदिने भन्दै विदेशबाट धम्की दिए । एमाले नेताहरुले पनि चरीलाई सहयोग गरेनन् । खासगरी गृहमन्त्री वामदेव गौतमले । चरीले गृहमन्त्री गौतम र अध्यक्ष केपी शर्मा ओलीका पीएलाई नै धम्की दिन थाले । पछिल्लो समय भारतबाट काठमाडौं आएका चरीले अदालतमा मुद्दा मिलाउनकै लागि मोटो रकम उठाइरहको थिए । निर्माण ठेकदार, मनमोहन अस्पतालदेखि गोपिकृष्ण हलका मालिक उद्धव पौडेलसम्मलाई चरीले धम्काएर पैसा असुल्न थालेका थिए ।
 
त्यसकारण उनीबिरुद्ध प्रहरीमा मौखिक उजुरी बढिरहेका थिए । अपराध महाशाखाका डिएसपी मिरा चौधरी र प्रजित केसी पनि उनलाई पक्राउ गर्न लागिपरेका थिए । ओलीले चरीलाई लुकाउँदै आएको सूचनाका आधारमा डिएसपी केसीको टोलीले ओलीको अनाथालयमा समेत छापा हानेको थियो । चरीको गाडि ओलीकै घरबाट बरामद भइसकेको थियो । पछिल्लो समय महानगरीय प्रहरी अपराध महाशाखामा एसएसपी पुष्कर कार्की सरुवा भएपछि गुण्डा अप्रेसनलाई पहिलो प्राथमिकतामा राखे । डन रमेश बाहुन पक्राउ परिसकेकाले चरी उनको पहिलो निशानामा थिए ।

 त्यसकारण दुई साताअघिदेखि पिछा गरे पनि उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नयाँबजारबाट धादिङ जादै गरेको सूचना पाएपछि महाशाखाको टोलीले पिछा गरी पक्राउ गर्न खोज्दा मोटरसाइकलबाट झरेर उनले प्रहरीलाई गोली हानेका थिए । प्रहरीले जवाफी फायर गर्दा उनी मारिए । गृहमन्त्री वामदेव गौतमले पनि सो कुरा संसदमा बताइसकेका छन् । चरीलाई अदालतमा उपस्थित भएर मुद्दा मिलाउन नदिएकाले उनकी प्रेमिका ओलीले इन्सपेक्टर ढुंगेल र डिएसपी केसीमाथि विभिन्न आरोप लगाएको बताइन्छ । जबकी अपराध महाशाखाकी डिएसपी मिरा चौधरीको टोलीले चरीलाई इन्काउन्टर गरेको थियो । ओलीले इन्सपेक्टर ढुंगेलले मन पराएको तर ‘आइ लभ यू’ चाही भन्न नसकेको बताउँदै आएकी छन् ।
 
त्यसोत समाजिक सञ्जाल फेसबुकमा नेपाली नायिकाको नाममा फेक एकाउण्ट खोल्दा ओली दुई बर्ष अघि डिएसपी प्रजित केसीको फन्दामा परेकी थिइन् । नायिका माल्विका सुब्बा र मोडल स्मृति बज्राचार्यको नाममा ओलीले फेक एकाउण्ट खोलेर दुरुपयोग गरेको उजुरीको आधारमा ओलीलाई डीएसपी केसीले पक्राउ गरेका थिए । नायिका सुब्बा र बज्राचार्यसँग माफि मागेर ओली हिरासत मुक्त भइकी थिइन् । ओलीको संगतले प्रहरीका एसएसपी भोगबहादुर थापाकी छोरीसमेत फसेकी थिइन् ।
 
ओलीलाई पक्राउ गरेको रिस अहिले उनले डिएसपी केसीलाई फेरेकी हुन । त्यस्तै ओलीले चरी हत्यामा ढुंगेललाई मुछनुको अर्को कारण हो चरीले चढेको गाडि तान्नु । गाडीको पैसा नतिरेपछि ललितपूरका ब्यापारी राजन श्रेष्ठले प्रहरीमा गाडी तानिदिन निबेदन दिएका थिए । सो गाडी ढुंगेलले नै पक्राउ गरी ब्यापारीलाई फिर्ता गरेको र अर्को चंडोलस्थित ओलीको घरबाट अर्पणको गाडी जफत गर्नु हो ।
 
प्रहरीले गाडि बरामद गरेरे हनुमानढोका ल्याएको पनि थियो । तर ओलीले उक्त गाडि अर्पणको नभई आफूले बैंकबाट लिलाम सकारेको दाबी गर्दै बागमति अञ्चल यातायात कार्यलयबाट जारी बिलबुक एसएसपी रमेश खरेलको अगाडी पेश गरेपछि खरेलले गाडी फिर्ता गराएका थिए । गाडि तानेपछि ढुंगेलसँग रुष्ट बनेकी ओलीले चरी काण्डमा रिस फेरेको प्रहरीमा चर्चा छ ।

Post a Comment

0 Comments