Subscribe Us

प्रहरीसँग दोहोरो भीडन्तमा डन चरी चल बसे


काठमाडौं । राजधानीका कुख्यात गुण्डा दिनेश अधिकारी चरी मारिएका छन् । प्रहरीसंगको मुठभेटमा गोली लागेपछि चरीको मृत्यु भएको हो । राजधानीको भिमढुगांमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथी गोली चलाएपछि प्रहरीको जवाफि फाईरीङमा चरीको मृत्यू भएको अपराध महाशाखाका हनुमान ढोकाका प्रमुख एसएसपी पुस्कर कार्किले बताएका छन् । 
छ महिना अघि अर्का गुण्डा राधे भण्डारीलाई बनस्थलीमा ज्यानमार्ने मनशायले खुकुरी प्रहार गरेपछि उनको खोजीमा प्रहरी सक्रिय भएको थियो ।  प्रहरी सक्रिय भएको थाहापाएपछि चरी भारतको सिकम र गोवामा रहेको क्यासिनोमा रमाउदै आएका थिए । राधे भण्डारीलाइ खुकुरी प्रहारगरी फरार भएका गुण्डा चरी अर्का डन कुमार श्रेष्ठ उर्फ घैंटेलाई ढाल्ने रणनितीमा लागेका थिए । 
पछिल्लो समयमा चरीसंग बिछोड भएका राधेलाई घैंटेको समुहले आश्रय दिएपछि चरी काभे्रली समुहका केहि सदस्यसंग नजिक हुन पुगेका थिए । काभे्रली समुहको नाममा लुटपाट तथा गुण्डागर्दीमा संगलग्न रहेका मैतिदेबीका अभिमान सिह बस्नेतको समुहसंग चरी नजिकीएर थप अपराध गराउने रणनीतिमा लागेको अबस्थामा उनको ज्यान गएको हो ।
 दुई साता अघि राजधानी आएका चरी राजधानीका अर्का कुख्यात गुण्डा घैंटे र समिरमानको सफायाको योजनामा लागेका थिए । राधेमाथि आक्रमण  गरेपछि चरीले पुरानो दुस्मन घैंटे र उनका सहयोगीकै सफायाको रणनितीमा लागेका थिए । गुण्डा चरी नेकपा एमाले धादीङ क्षेत्र १ का उपादक्ष्य समेत हुन् । कहिबर्ष पहिले हातहतिया तथा खरखजना मुद्दामा पक्राउ परेका चरी राजनितीक दवावमा छुटेका थिए । चरी एमालेका प्रभाबशाली नेता केपिशर्मा ओलि र राजेन्द्र पाण्डे निकट मानिन्छन् । 
चरी र घैंटे बिगत ७ वर्ष देखि एक अर्काको जानि दुस्मन बनेका थिए । घैंटेलाइ बाफलका गुण्डा समिर बस्नेतले सहयोग गर्दै आएका छन् । शक्तिसालिका हिसाबले चरी भन्दा घैंटे  सय गुण बढी रहेको गुण्डाहरु बिच चर्चा छ । तर चरी कागको फुल चोर्न सक्ने चलाख रहेका कारण बाजि चरीले नै मार्न सक्ने गुण्डाहरुको अनुमान थियो । वान्टेड भएकै वेला आफ्ना सबै दुस्मनको सफाया पारी प्रहरी समक्ष आत्मासमर्पण गर्ने मनसायमा लागेका चरीको प्रहरीस“गको मुठभेटमा मारीएका हुन् ।
 चरीको लिस्टमा घैंटे, बाफलका समिर बस्नेत, काभे्रका   धावा लामा रहेको स्रोत बताउछ । पछिल्लो समय चरीले   मैतिदेबीका अभिमान सिह बस्नेतको आपराधिक समुहलाई परिचालन गर्दै आएका थिए । मैतिदेबीका लुटेरा समुहको सहयोग पाएपछि चरी राजधानी कव्जा गर्ने रणनीतिमा लागेका थिए । चरीको समुहमा खासै नाम चलेका गुण्डा छैनन् । चरीलाई पन्च लामा, पाटनका मनोज खड्की, मनिष खड्की लगाएत र मैतिदेबीका लुटेरा गुण्डाले सहयोग गर्दै आएका थिए । २१ असार २०७० मा डन चरीलाई गोली प्रहार गरेपछि चरीले बर्दलाको भाबनालिए राधेमाथि खुकुरी प्रहार गरेका थिए ।  । गोली लागेर घाइते भएका बेला अस्पतालको उपचार कक्षबाट नै उनले कानूनले कारवाही नगरे आफैं ठिक पार्ने धम्की भण्डारीको समुहलाई दिएका थिए ।

Post a Comment

0 Comments