Subscribe Us

लखनखेलमा लामा ग्याङको आतंक


ललितपुर । राजधानीमा नाम चलेका गुण्डाका नाइके र तिनका सदस्य अहिले कोही जेलमा छन् त कोही सडकमा घुमिरहेका छन् । गुण्डाका नाईके दिनेश अधिकारी ‘चरी’ को प्रहरी कारवाहीमा मुत्यु भयो भने सुजन पौंडेल उफ रमेश बाहुन र काभ्रेली समूहका सदस्य दावा लामा जेलमा थन्किएपछि अन्य गुण्डाका नाइके र सदस्यहरुको भागाभाग भएको छ । 

तर ललितपुरमा भने राजनीतिक आडमा लामा दाजुभाईका समूहले प्रशासनको खिल्ली उडाउंदै खुल्म खुल्ला हप्ता असुलिमा सक्रिय रहदापनि उनीहरुलाई प्रहरीले पक्राउ गरी कानूनको दायरमा ल्याउन सकेको छैन् । एमाले निकट स्वमसेबक दस्ताको नामबाट लामा ग्याङले प्लटिङ, मिनीबस समिती, माइक्रोबस समितीमा धम्क्याएर पैसा असुल्दै आएको एक ब्यापारीले बताए ।

समूहका नाइके गोपाल लामा भन्ने साइला हुन । उनलाई असोक तमाङ ‘माइला’ अजय तमाङ भन्ने साइला,  शरण लामा, भगवान मगर, निमा लामा, बिमल मगर, सुवास लामा, बिनोद लामा, शंकर घिमीरेलगायत ३० जनाको समूहले सहयोग गर्दै आएका छन् । 

 लखनखेललाई आप्mनो आधार क्षेत्र बनाएका लामा दाजुभाईको समूह अहिले ललितपुरका ब्यापारीहरुमाझ आंतक बनेका छन् । लामा समूहले ललितपुरका मिनीबस ब्यवसाई संघका अध्यक्ष निरन्न नेम्वाङलाई धम्क्याएर गाडि खरीद बिक्रीमा समेत कमिशन लिने गरेको स्रोत बताउंछ । सात बर्ष देखि ललितपुरमा गांडिको ब्यावसाय गर्ने मिलन ताम्राकारले लामा समूहको डरले ब्यवसाय नै छाडेको एक ब्यवसायीले बताए ।

 एमालेको नामबाट स्वमसेवक दस्ताको लेटर प्याडमा सहयोग भन्दै लामाको समूहले हप्ता असुल्ने गरेको समेत प्रहरी रेकर्डमा उल्लेख छ । फसेको पैसा उठाउने नाममा प्रहरीले झै उक्त दस्ताले व्यक्तिको घरमै गएर अपहरण शैलीमा उठाएर ल्याउने र साझा भबनमा भएको कार्यालयमा लगेर कुटपीटकोे साथै जबरजस्ती कागज गराउंदै आएका छन् । उनीहरुलाई एमालेका जिल्ला नेता मधुसुदन पौंडेलको सरक्षण रहेको स्थानिय एक व्यवसायीलले बताए ।

Post a Comment

0 Comments