Subscribe Us

चरी ईन्काउन्टर पछि राजधानीका गुण्डा सर्कलमा ब्यापक त्रास
सुरक्षीत स्थलको खोजीमा गुण्डाका नाईके र सदस्य

 काठमाडौं । कुख्यात गुण्डा दिनेश अधिकारी उफ चरीको प्रहरी ईन्काउन्टरमा मृत्यु भएपछि राजधानीमा गुण्डाहरुको भागदौड मच्चिएको छ । प्रहरीस“गको मुठभेटमा मृत्यु भएका गुण्डा चरीलाई प्रहरीले ईन्काउन्ट गरेको हल्ला चलेपछि राजधानीलाई आधार बनाएर गुण्डागर्दीमा सगल्न डन भनिएकाहरुको भागदौड मच्चिएको हो । महानगरीय प्रहरी परिसरबाट एसएसपी रमेश खरेलको सरुवास“गै राजधानीमा गुण्डाहरुको भिडभाड बड्न थालेको थियो ।

 गत मंगलवार गुण्डाका नाईके चरी भिमढुंगामा प्रहरीका गोलीको सिकार भएपछि राजधानीका अन्य गुण्डा सुरक्षीत स्थलको खोजी गर्दै राजधानी छोडेको गुण्डाका एक सदस्यले बताए । प्रहरीले गुण्डा गर्दीमा सक्रिय रहेकाको सूची तयार पार्न थालेपछि गुण्डाहरुले आफूहरुकोपनि चरीकै अबस्था सिर्जना हुन सक्ने भन्दै उनिहरु सुरक्षीत स्थलको खोजी गर्न थालेका हुन ।  गुण्डाका नाईके प्रहरीको मुठभेठमा मारिएको यो राजधानीको पहिलो घटना हो । 

चार बर्ष अघि अर्का गुण्डाका नाईके कुमार श्रेष्ठ उफ घैटेलाई प्रहरीले गोली प्रहार गरेको थियो । प्रहरीले नियन्त्रमा लिन क्रममा घैंटेले प्रहरी तिर प्रस्तोल तेस्यायपछि प्रहरीले बाध्य भएर उनको तिघ्रामा गोली हानेर घाईते बनाई नियन्त्रमा लिएको थियो । त्यसताका घैंटे दरबारमार्गमा गोली काण्ड घटाएर फरार भएका थिए । अपराध महाशाखा हनुमानढोकाले फरार र गोप्य रुपमा अबैध धन्दा चलाउने गुण्डाको सूचि तयार पारी अप्रेशन सुरु गरेको बताएको छ । राजधानीलाई गुण्डागर्दी मुक्त गर्न प्रहरीले यो अपे्रशन सुरु गरेको प्रहरीको दाबी छ । 

१० महिना अघि ललितपूरका ब्यापारी राजन श्रेष्ठलाई ज्यानमार्ने उद्देशले खुकुरी प्रहार गर्ने काभ्रे समुहका दावा लामा, सिन्धुपालचोकमा अपहरण गरी फरार रहेको भक्तपूरका गुण्डा सगुन श्रेष्ठ, बाफलका समिरमान बस्नेत, सामाखोशिका गुण्डा घैंटे महाशाखाको पहिलो तार्केट भएको स्रोतले बतायो । गुण्डा गर्दीमा संगल्न रहेका तर अहिले कुनैपनि अपराधमा संगल्न नदेखिएका गुण्डामाथि बिषेश निकरानी बढाएको प्रहरीले बताएको छ ।  

प्रहरीको मुठभेटमा चरीको मृत्युपछि गुण्डा सर्कलमा पक्राउ गरी भिमढुंगालगि गोली हानेको हल्ला चलेपछि राजधानीका डनहरुले आफूहरुलाई असुरक्षीत महशुुस गर्न थालेको एक डनले बताए । उनले भने,‘ अब राजधानी बस्न सकिदैन कि गा“उ फर्कनु प¥यो कि बिदेश पलाईन । प्रहरका अनुसार अहिले राजधानीमा साना ठूला गरी दुई दर्जन गुण्डा समुह रहेका छन् । यो समुह नाम चलेका मिलन गुरुङ, दिपक मनाङ्गे गणेश लामा, बाघे ललितपुरका मिन कुष्ण महर्जन कुमार घैंटेकै आदेश र योजनामा चल्ने गरेको छ । जिल्लामा हुने ठेक्का पट्टा, मिटर ब्याजमा पैसा लगाउने अनि पैसा असुल्ने पछिल्लो समय गुण्डाहरुको दिन चर्या बन्न थालेका छ ।  


                              मिटर ब्याजका लगानी कर्तापन प्रहरीको टाग्र्रेटमा 

पछिल्लो समय गुण्डागर्दीमा संगल्न नाईके र सदस्यको धन्दा मिटर ब्याज रुपैंया लगाएर २० गुणा बढी असुल्ने नै हो । यसरी पैसा असुल्ने क्रममा  चार महिना अघि अपरणको अभियोगमा मिटर ब्याजका राजा महेश सिंह पक्राउ परेका थिए । तर प्रहरीको फितलो अनुसन्धानको फाईदा उठाउदै उनि चार महिना पछि जेल मुक्त भए । अब यस्ता मिटर ब्याजमा पैसा लगानी गर्नेलाई प्रहरीले बिषेश कारबाही गर्ने तयारी गरेको   प्रहरी उच्च स्रोत बताउछ । मिटर ब्याजमा पैसा लगानी गरी सांवा भन्दा बिस गुणा बढी असुल्ने काभ्रेका बिरेन्द्रलाल श्रेष्ठलाई अपराध महाशाखाले बिषेश निकरानी थालेको स्रोतले बतायो । यसरी अबैध लगानी गर्ने दुई दर्जनको नामा महाशाखाले तयार पारेको प्रहरी स्रोत बताउछ ।  

Post a Comment

0 Comments