Subscribe Us

६४ एसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी उपरीक्षकको आज सरुवा गरेको छ । भदौं महिना देखि नै सरुवा भएको ठांउमा तलप भत्ता खान पाउने गरी उनिहरुको सरुवा गरीएको प्रधान कार्यालयले जनाएको छ । सरुवा हुनेमा अधिकास्स तराई क्षेत्रका जिल्ला प्रमुख लामो समयसम्म प्रधान कार्यालयमा थन्किएका हरुको भएको छ ।

 क्षेत्रिय टाफिक कार्यालय सुनसरीमा कार्यारत पुजा सिंहलाई जिल्ला प्रहरी कार्यालय काभे्रमा सरुवा गरिएको छ ।
 बिबादमा तानिएका मकानपूरका एसपी गणेश राईलाई महानगरीय प्रहरी आयुक्तको कार्यालय महानगरीय प्रहरी सिक्षालयमा सरुवा गरिएको छ । प्रधान कार्यालयको युएन जगेडामा कार्यारत दिबेश लोहनीले पर्सा जिल्लामा सरुवा गरिएको छ । उता चितवनमा एसपी सहकुलबहादुर थापालाई पढाईको छ । भक्तपुरमा एसपी जगतमान श्रेष्ठलको ठांउमा बिकाश श्रेष्ठलाई सरुवा गरिएको छ ।

Post a Comment

0 Comments