Subscribe Us

कानूनको उल्घंन हुने गरी मैले भनेको काम पनि नर्गनुः कोईराला

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यालयमा आज सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्नुपर्ने बताउनुभयो ।

साथै, उहाँले सरकार परिवर्तनसँगै कर्मचारीतन्त्रमा परिवर्तन गर्ने परिपाटीलाई हटाउनुपर्ने सुझाव दिँदै सचिवहरुलाई कसैको दबाबमा नपरी आफ्नो विवेक प्रयोग गरेर काम गर्न निर्देशन दिनुभयो । सरकारी निकायमा बिल बढाएर अनियमितता गर्ने प्रवृति निकै फस्टाएको गुनासो गर्दै प्रधानमन्त्री कोइरालाले सचिवहरुलाई त्यसतर्फ सचेत भई कडा अनुगमन गर्न आग्रह गर्नुभयो ।

    उहाँले सचिवहरुलाई आफ्नो दशौँ वर्ष लामो सरकारी सेवाको अनुभव सिर्जनशील कार्यमा उपयोग गरी सुशासन कायम गर्न र  मुलुकलाई समृद्धिततर्फ डो¥याउन निर्देशन दिनुभयो । भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दैआएका कामको सराहना गर्दै प्रधानमन्त्री कोइरालाले सम्पूर्ण निकायले आफ्नो कार्य प्रभावकारी रुपमा गरे मुलुकमा ८÷१० वर्षमै कायापलट हुने दाबी गर्नुभयो ।

    निर्देशनका दौरानमा निकै भावुक हुनुभएका प्रधानमन्त्री कोइरालाले आगामी माघ ८ गतेभित्र नयाँ संविधान आउने ठोकुवा गर्दै संविधान निर्माण अघि राष्ट्रपतिलाई अनुमोदन गर्दा संवैधानिक कानुनको अपमान हुने विचार व्यक्त गर्नुभयो । सरकार निर्माणका बेला भएका समझदारीप्रति आफू पूर्ण प्रतिबद्ध भएको जानकारी गराउदै उहाँले सरकार परिवर्तनको कुरा बेतुकको हल्लामात्र भएको बताउनुभयो । साथै उहाँले संविधान निर्माणपछि आफू एक क्षण पनि कुर्सीमा नबस्ने जनाउनुभयो ।

    कार्यक्रममा सरकारका मुख्य सचिव लीलामणि पौड्यालले सचिवहरुलाई प्रधानमन्त्री कोइराला जस्तो सादगी जीवन भएको नेतृत्वलाई सदुपयोग गरी सुशासन कायम गर्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री कोइरालाको भावनाअनुसार नै व्यावसायिकरुपमा काम गर्न आफू प्रतिबद्ध रहेको बताउदै सचिवहरुलाई पनि सोहीअनुरुप भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई कार्य गर्न आग्रह गर्नुभयो । रासस

Post a Comment

0 Comments