Subscribe Us

हत्कडीसहित फरार अभियुक्त पक्राउ

काभ्रे । जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका अभियुक्त हतकडी सहित फरार भई पुनः पक्राउ परेका छन् । पनैती ८ की एक महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका पनौती ८ का २४ बर्षीय बुद्ध लामालाइ थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालाय बनेपा लैजाल खोज्दा उनि हतकडि सहित फरार भएका थिए । 

फरार भएका लामाले हत्कडी काटी लुकेर बसेको अबस्थामा पक्राउ परेका थिए । हत्कडी दुई टुक्रा पारी फालेको अबस्थामा प्रहरीले फेला पारेका थियो । लामाले जवरजस्ती करणी गर्न खोजेको अभियोगमा पनौती ८ का २४ बर्षीय बुद्ध लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

 लामाले ३५ बर्षीया एक महिलालाई घाँटी थिची जवरजस्ती करणी गर्न खोजको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । गत २१ साउनमा लामाले पनैती ८ कै एक महिलालाई जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पिडित महिलाको उजुरीको आधारमा प्रहरीले लामालाई नियन्त्रमा लिई अनुसन्धान सुरु गरेको बताएको छ । 

Post a Comment

0 Comments