Subscribe Us

चरी हत्या नियोजित । समंसदलाई जानकारी गराईयोसः सभामुख

काठमाडौं । एमालेका सभासद् गुरुप्रसाद बुर्लाकोटीले संसदमा प्रहरीले ५० लाख रुपैयाँको प्रलोभनमा दिनेश अधिकारी चरीको हत्या गरेको दाबी गरेका छन्। 

उनले संसदमा बिहीबार भने, हिजोको घटना ५ बजे भीमढुंगामा दिनेश अधिकारीको हत्या भएको प्रचार गरिए पनि हत्या अन्तै गरी त्यहाँ देखाइएको छ। हत्या भएको ठाउँमा रगत छैन।

उनले स्थानीयले दोहोरो फाइरिङ भनिए पनि ५ राउन्डमात्रै भएको सुनेको बताए। उनले दिनेशको हत्या ५० लाख रुपैयाँको प्रलोभनमा भएको दाबी गरे। उनले भने, गोली लागेको प्रहरी को हो ? प्रहरीले ५० लाख रुपैयाँको प्रलोभनमा मारेको हो, अपराधी हो भने पनि कानुनी दायरामा कानुनअनुसार कारबाही गर्नुपर्छ। हत्या गर्न पाइँदैन। हत्यामा संलग्न व्यक्तिलाई निलम्बन गरी कारबाही गर्न माग गर्छु। सरकारी बर्दी लगाएर हत्या गर्नेविरुद कारबाही गर्न नसक्ने हो भने पुच्छरले हल्लाउने कुकुर चाहिँदैन। यो सरकार हट्नुपर्छ।

 उता,एमाले नेताहरु र आफन्तहरुसँग गृहमन्त्रीले बामदेम गौतमले चरी हत्याको सत्यतथ्य छानबिन हुने आश्वासन दिएका छन् । प्रहरी इन्काउन्टरमा चरीको मृत्यु भएको भन्दै गृहमन्त्री भेट्न पुगेका धादिङका
 नेताहरु र मृतकका परिवारलाई गुहमन्त्री गौतमले  निवास पुल्चोकस्थित निवासमा बिहीबार भेट्न पुगेका थिए । गुहमन्त्री गौतमलाई भेट्न एमाले केन्द्रीय नेता राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, सभासद धनबहादुर घले र गुरुबुर्लाकोटीलगायतका पुल्चोक पुगेका थिए । उनीहरुले चरीको हत्या षड्यन्त्रपूर्वक गरिएको भन्दै छानबिनको माग गरेका थिए । जवाफमा गृहमन्त्रीले पनि हत्याबारे सत्यतथ्य छानबिन गर्ने आवश्वासन दिएको एमालेका एक नेताले बताए ।

 संमससदमा हंगामा

 प्रहरीको इन्काउन्टरमा मारिएका चरी को विषयलाई लिएर संसदमा हंगामा भएको छ । धादिङका एमाले सभासद्हरु राजेन्द्र पाण्डे, गुरु प्रसाद बुर्लाकोटी र गंगाधर तुलाधरेले इन्काउन्टरमा संलग्न प्रहरीलाई निलम्बनको माग गरेका छन् । बुर्लाकोटीले संसदमा बोल्दै भने, चरीलाई दोहोर भिडन्तमा होइन, समातेर त्यहाँ लगेर गोली हानेको हो । प्रहरीले आठ राउण्ड गोली फायर भएको भनिरहेका छन् तर त्यहाँका प्रत्यक्षदर्शीले पाँच राउण्ड गोली फायर भएको भनिरहेका छन् यस कुराले गर्दा पनि प्रहरीमाथि शंका उब्जिएको छ ।’
मुठभेडमा यदि गोली चलेको भए पिठ्युमा गोली लाग्थ्यो तर चरीलाई अगाडिबाट छाती र पेटमा गोली हानिएको छ त्यसैले यो समातेर गोली हानिएको पुष्टि हुन्छ सभासद् बुर्लाकोटीले भने । उनीहरुले चरी हत्या काण्डको छानबिनका लागि छानबिन आयोगको पनि माग गरे । पाण्डेले चरीमाथि इन्काउन्टरको नाटक रचेर प्रहरी प्रशासनले राज्यशक्तिको दुरुपयोग गरेको दाबी गर्दै दोषीलाई न्यायिक कठघरामा उभ्याइनुपर्ने माग गरेका छन् ।

प्रहरीको खोजीको हिट लिष्टमा रहेका उनी  बुधबार काठमाडौं र घादिङको सिमानामा पर्ने  भीमढुंगामा भन्ने स्थानमा प्रहरीको मुठभेटमा मारिएका थिए । चरी धादिङ त्रिपुरेश्वर गाविसका स्थायी बासिन्दा हुन्। उनी एमाले क्षेत्र नम्बर १ कमिटिका पूर्व उपाध्यक्षसमेत हुन्।

Post a Comment

0 Comments