Subscribe Us

प्रहरी मुठभेटमा मारिएका राजधानीका डन दिनेश अधिकारी ‘चरी’ को मृत्यूसंगै
चर्चामा रहेकी खुश्बिु वलीकी पूर्ब पे्रमि अपर्ण कोईराला भन्छनः मेरो आत्मा कथा यस्तो छ ।

उनले मेरो हरेक कुरा खुशी साथ स्वीकारी राखिन् । यो कुराले मेरो हौसला बढायो र मैले आफुमा हौशला बढाए र मैले आफूमा भाको सब साहस संकलन गरेर सेप्टेम्बर १९ सांझ ८ बजे फोनमा आइ लभ यू भनिदिए । उ चुप भइन म पनि चुप भए । सारा संसार सुनसान भय जस्तोे लाग्यो तर जवाफ आएन, म पसिना पसिना भए । मेरा ओठ र हात काम्न थाले म पुन साहस बटुलेर सोधे डु यु लभ मि? जवाफ आयो एस ।
 

सधै दिदा म खुसी हुन्थे सानो मा स्कुल पढ्दा साथीहरुलाई खाजा खाने पैसा र उनीहरुलाई खाजा खुवाउन पाउंदा मलाई जति आनन्द आउथ्यो त्यो आनन्द अरु केहीमा पाउदिन थिए । मलाई लाग्थ्यो जीवन सबैको मेरो जस्तै हुन्छ । जसमा अभाव भन्ने कुरा कसैले देख्न र भोग्नु पर्दैन तर विस्तारै म गलत रहेछु भन्ने कुराहरु मेरा अनुभव संग्गै पुष्टि हुदै गयो । संसार मेरो लागि जे थियो त्यो सबैको लागि थिएन । म जुन सुविधा सम्पन्नले पुर्ण छु त्यो सबैको भाग्यमा हुदैन । जब मैले थाहा पाई गरिबी, अभाव, संकट, भोक र अन्य त्यस्ता कुराहरु जिवनको कटु सत्य हो, संसार सबैको लागि एउटै होइन तब मलाई एकदम दुःख लाग्यो यो भन्दा दुःख जब कोई आफ्नो मान्छे सदाको लागि छोडेर जान्छ त्यो पिडा कसरी सहन सकिन्छ होला भन्ने मलाई सधै लाग्थ्यो । तर विस्तारी मैले देखेको, बोलेको, चिनेको मान्छे सन्सारबाट टाडिए मलाई निन्द्रा लाग्दैन थियो म सधै सोच मै हुन्थे किन गएको छोडेर किन रुनु परेको किन कोइ दुःख मा हुन्छ, त्यो क्षणको तुलना कुनै खुशीसँथ गर्न सक्दिन थिए । 

त्यसैले कोही भोकोलाई खान लाई खाना खान दिदा, कोइ कपडा नभएको लाई कपडा दिदा या होस कोइ कलम नभएकोलाई कलम दिदा जुन खुशी मैले पाउथे त्यसमा म यसरी आकर्षित भएकी यो कुरालाई आफु सग्गै मैले जोडे । जति दिन्थे त्यति नै बढी म खुसी भएको महसुस गर्थे । सानोमा म विराटनगर मामा घर जादाको कुरा स्मरण गर्न मन लाग्यो, दशैको समय हामी सबै परिवार मामा घर विराटनगर गएका थियौ मामा घरमा टिका ग्रहण गरियो अनि भान्जा भएकोले दक्षिणा पनि अलि बढीनै पाइदो रहेछ सबै मेरा उमेरको दिदि भाई पैसा जम्मा भएर निकै खुशी भई आफ्नो नया“ ब्याग पर्समा राख्न पाउदा आनन्द आउथ्यो । 


म लगायत सबै मेरा दिदी बहिनी भाई विराटनगरबाट इनरुवा टिका लाउन बस चढ्यौ हामी सबैस“ग्गै आ आफ्नो ब्यागभरी भरि भराउ पैसा थियो त्यसै क्रममा एउटी आइमाइ एउटा बालक लाई बोकेर हाम्रो बसमा चढ्छिन् र हात फैलाउंछिन मेरो लागि यो बिलकुलै नयां अनुभव थियो मैले मेरा मामाले तिनीलाई केही सिक्का दिएको देख्दा झन् अचम्म परे अनि कौतुहलता मेटाउन आमालाई सोथे आमा त्यो आइमाइ किन हाम्रो बसमा आको अनि किन पैसा देको मामाले ? आमाले भन्नुभयो त्यो दुःख पाएकी आइमाइ हो बावु उसको दुनियामा कोही छैन र आफु र आफ्नो छोरा भोकै भएर केही पैसा मागि आफ्नो पेट पाल्न खोजेकी हो । मलाई आमाका ती शब्दले शून्य बनायो मैले त्यत्रो हल्लामा अब केही सुनिन मात्र त्यो आइमाइ र उनको छोरा देखे जब उनी हामी बसेको सिट अगाडि आइन मैले आफ्नो नयां पर्स खोलेर म संग भएको ती नयां नोट सबै उनैको हातमा हालिदिए एकछिन त तिनी अचम्म मानिन मेरो आमा र अरु अभिभावकको अनुहार हेरिन तर कुनै प्रतिक्रिया नआएपछि सो पैसा लिएर मलाइ आखाले नै धन्यवाद भनिन, उनको आखामा जुन खुशी थियो र जुन धन्यवाद म प्रति थियो त्यो मेरो जिवनको सबै भन्दा ठूलो प्रेरणाको स्रोत हुन पुग्यो । 

 म मन मनै यति हर्षित खुशि र आनन्दित भए त्यसको सिमा नै थिएन, त्यो नै मेरो लागि खुशी थियो र त्यस्तो मै म सदा खुशी खोज्न थाले । हुनत मलाइ आमाले गाली गर्नु भो त्यति बेला बावु आफ्नो बारेमा पनि सोच्नु पर्छ तैले दिइस राम्रै तर अब त संग केही छैन तेरो दिदी बहिनी भाइ सबै संग छ । उनीहरुले पैसा खर्च गर्दा तलाई कस्तो हुन्छ । मलाई ती शब्द केही लागेन म खुशीको पराकाष्टामा थिए । मात्र आनन्दित थिए । यो घटना पछि म कहिले थाकिन दिन, सहयोग गर्न कसैको अनुहारमा खुशी ल्याउन पाउदा मलाई धेरैनै आनन्द लाग्द थियो ।

 कुरा त्यही वर्षको हो तिहार लक्ष्मी पुजाको दिन सबको घर घरमा झिलीमिली बत्ती हाम्रो घर पनि सजिसजाउ झिलीमिली थियो तर मात्र २ घर पछिको एकतले घरमा पुरै अन्धकार । त्यो बेलामा त्यो शहर मा भएको परालको घर पनि शायद त्यही मात्र थियो । सोही साँझ त्यो घरको अन्धकार देखेर मैले आमालाई प्रसन्न गरे हाम्रो घरमा नयां बत्तीहरु जडित छन् । तर त्यो घरमा एउटा मैनबत्ती पनि बलेको छैन एउटा बत्ती त्यहा“ पनि लगेर बालौन । ममीले तुरुन्त दिनुभयो बालेर सेलरोटी प्रसाद सहित सो घरमा लगिदिनु भयो अनि मात्र मलाई तिहार आएको अनुभव भयो म खुसी भए । सानो होस वा ठुलो म बाट हुने मैले सक्ने मेरो बल बुताले सक्ने सहयोग दिन चाहे जो सुकैलाई होस म पछि हटिन । रिक्सा चालक को पसिना देखेर म आमास“ग झगडा गरेर बढी पैसा रोएर दिन लागउथी, मात्र आफ्नो खुशीको लागि ।


 म एउटा आनन्द सबै सुविधाले सम्पन्न जिवन बिताइ रहेको थिए । अचानक मलाइ कुलत लागु औषध खाने बानी लाग्यो यसमा मैले वर्षौ बिताए लक्ष्यहिन भएर । म एमस्टरड्याम भन्ने सागरमा लागूऔषधको आनन्द लिन महिनौ दिन बस्ने गर्दथे । कुरा २००४ को हो मलाई जबरजस्ती नार्कोनन् भन्ने संस्थामा राखेर उपचार गरियो १ वर्षको उपचार पछि म फेरि स्वस्थ थिए । म नया“ जिवन पाउदा मलाई हर्षको सिमा थिएन म मा जोश झन बढेर आको थियो केह गर्ने जोश केही बन्ने असल बनेर देखाउने जोश, यसै क्रममा मलाई नार्कोनन् नेपालले आफ्नो स्टाफ बनायो म त्यही काम गर्न थाले यसैक्रम मा म बिभिन्न स्कूल कलेजमा एन्टी ड्रग्स र ड्रग्स प्रिभेन्सनको क्लास लिन जाज्थिये । मेरो नयां साथीहरु संग भेटघाट हुन्थियो । म केही महिलाहरुस“ग पनि नजिकिन पुगेछु । आफ्नो ५ वटा प्रेमिका छन् भन्दा, एक दिन मिस टिन नेपालको प्रतियोगी लाइ अवेरनेस क्लास लिन गयौ । 

एकदम राम्री आकर्षक सुन्दरीहरुस“ग केही समय स“ग्दै बस्न पाउदा हामी पनि आफुलाई ठूलै सोच्दथियौ । क्लास लिइयो चिनजान भो र फोन नम्बर पनि सा“टियो । केही दिन पछि मिस टिन २००६ प्रतियोगिता पनि भएछ र एउटी आकर्षक मैले नोटिस गरेकी एक युबतीले सो प्रतिस्पर्धा जित्छिन् । त्यसको २ दिनपछिको पत्रिका बाट मात्र मैले थाहा पाए कि मिस टिन नेपाल २००६ खुश्वु वली भइछन् । नम्बर त म संग थियो नै बधाइ दिई । रिप्लाइ एक दिन पछि आयो । उनले पत्रिकामा पनि लागूऔषध विरुद्ध केही सामाजिक कार्य गर्न मन भएको व्यक्त गरेकी थिइन र त्यसमा पनि मलाई नै एसएमस आउंदा मेरो मनमा लड्डुहरु फुट्न थाले मेरो खुट्टा भुईमा थिएन म उडेको महशुस गर्न थाले । नेपालकै अहिलेको सुन्दरी मस“ग गफ वाह क्या दिन आयो मेरो आफ्नो साथी भाइ लाई नी सुनाए तर कोही खुशी भन्ने देखिएनन् एउटा ले त खुश्वुको इंगेजमेन्ट भइसक्यो आर्मी बुडा छ मार्ला तलाई सम्म भन्यो म टुक्रिए छिया छिया भए । 

सुत्न निन्द्रा भोक रहेन आफै प्रसन्न गर्थिए किन म नै किन यती सानो उमेरमै उसैको इंगेजमेन्ट तर म निरास बाहेक केही भइन, हुन त मेरो जिवनमा अरु पनि गलफ्रेण्ड थिए । तर उ हुनु आफैलाई धेरै स्पेसल लाग्दथियो । केही दिनपछि उनैको मेसेज आयो म आफ्नो घर तिर गा“जाको विरुवा नष्ट गर्न चाहन्छु सामुदायिक प्रहरीसंग मिलेर तपाई आउनु हुन्छ पिल्ज । मैले नाइ भन्न सकिन म गए स“गै एकछिन गांजा फँडानी गरियो र कुराकानी गर्ने क्रममा मैले सोधे तपाई यति सानै उमेरमा इंगेजमेन्ट, मेरो प्रश्नले वहा अचम्मित हुनुभयो र भन्नुभयो तपाईलाई गलत कुरा कसैले गरेछ मेरो तेस्तो केही छैन । वहा को त्यो शब्दले फेरि मेरो जिवनमा खुशीको बाहार ल्यायो । मनमनै भगवानलाइ धन्यवाद पनि दिए । हर्षको सिमा रहेन । मनमा लाखौं लड्डु फुटे । उनकै नजिकको साथीबाट उसको ब्वाईफ्रेण्डसंग भर्खरी ब्रेकअप भएको थाहा पाउंदा मेरो खुशी छ गुणा भयो उ संग नजिकिनु र मेरा अन्य ग्रलफ्रेण्ड संग ताडिनु यही नै मेरो जिवनको लक्ष्य बन्यो ।  हामी प्राय भेट्ने र सधै जस्तो राती फोनमा धेरैबेर कुरा गर्ने भइसकेका थियौ । घण्टा एक सेकेण्डमा बितेको जस्तो लाग्थ्यो । 

रातबाट बिहान सम्म कुरा गर्दा पनि कुरा अधुरैमा टुग्गिएको जस्तो लाग्न थाल्यो । लाग्दथियो कि जिन्दगी यही आएर थप्प भएर हामी दुईको लागि रोकिएको थियो । जिवनस“ग कुनै सिकायत रहेन हरेक पलको लागि म भाग्यमानि महशुस गर्दथिए । उसलाई हेर्न उसको बोली सुन्नको लागि म कुनै हद सम्म आप्mनो सर्वस्व त्याग्न पनि पछि हट्दिन थिए । सेप्टेम्बर महिना काठमाडांैमा आ“खा पाक्ने रोगको महामारी मेरो घरमा आमा, बाबा, दिदी लाइ यो रोग लाग्दा मलाई कहिले मतलब भएको थिएन तर खुश्वुलाई पनि आ“खा पाक्ने रोगले समाएपछि म एकदम चिन्तित भई । भगवानलाई प्रश्न गरे हे भगवान किन खुश्बुका त्यस्तो राम्रो आंखा लाइ आंखा लगा¥यो । बरु मेरो आंखामा लागेको भए हुन्थ्यिो । सांचिकै उसको आंखामा सबै कुरा पाउथे म लाग्थ्यिो ती आखामा डुबेर सारा सितलतामा म रमाएकोे छु । 


उसको हरेक कुरासंग यति आत्मियता भयो कि अरु केही या अरु कोहीको चाहा नै रहेन । मात्र उनमै आएर मेरो सबै कुरा समाप्त भएजस्तो लाग्थ्यिो । मेरो संसार उसमै थियो । हामी नजिक आइसकेका थियौ तर प्रेम प्रस्ताव राख्ने मेरोसाहस अझै थिएन, कतै प्रेम प्रस्तावले यतिको साथ पनि मैले खुश्बुस“ग गुमाउछुकि भनेर । सेप्टेम्बर १५ उसको बर्थडे उसको फोन गरेको र  आएको बिजी देखेर नयां सिमकार्ड एउटा फूलको बक्स र सुन्दर गिफ्टिसहित जन्मदिनको बधाई दिए । त्यसमा पनि कुनै प्रेमको प्रसंग थिएन । 

उनले मेरो हरेक कुरा खुशी साथ स्वीकारी राखिन् । यो कुराले मेरो हौसला बढायो र मैले आफुमा हौशला बढाए र मैले आफूमा भाको सब साहस संकलन गरेर सेप्टेम्बर १९ सांझ ८ बजे फोनमा आइ लभ यू भनिदिए । उ चुप भइन म पनि चुप भए । सारा संसार सुनसान भय जस्तोे लाग्यो तर जवाफ आएन, म पसिना पसिना भए । मेरा ओठ र हात काम्न थाले म पुन साहस बटुलेर सोधे डु यु लभ मि? जवाफ आयो एस । त्यो एस मेरो जिवनको सबै भन्दा महत्यपूर्ण शब्द लाग्यो त्यो जति मलाई महत्य पु¥याउने  शब्द मेरो कानमा आजसम्म परेको थिएन । 

हामी रातभरी नै फोनमा कुरा गर्यौ । म संसारकै खुसी व्यक्ति हु, भन्दा म गलत थिइन । उनीमा पनि खुशीको महशुस थियो । संगै नयां सपना देख्यौ । नया“ सोच बनायौ आफ्नो समाज प्रति केही गर्छु भन्ने हामी दुवैको ईच्छा थियो त्यसमा ती उसको डेडिकेसन सोसाइटी प्रतिको माया ले उनको सुन्दरतालाई मेरो सामु मल्टिप्लाइ गर्दथ्यो । म पागल प्रेमी भैसकेको थिए । मेरो संसार र मेरो जिवन उ बिना अधुरो रहेछ भन्ने लाग्यो । मलाई राम्रो खुशी सफल संसारको सबै सुन्दरता उसैमा छ जस्तो लाग्यो । म पुरै उसैमा हराउन थाले । आफ्नो साथीभाइ घर परिवारसंग कसरी टाढा भए मलाई थाहा नै भएन । मलाई मात्रै उ र उसको साथ राम्रो लाग्दथियो ।

 बाकी कुनै कुराको मेरो इच्छा रहेन । समय बित्दै गयो हामी एक अर्कामा नै यसरी हरायौ मानौ हाम्रो जिन्दगी नै एक अर्काको साथ भन्दा अरु लाग्न लागेन । उसको खुशीको लागि म कुनै पनि कुरा गर्न पछि पर्दिन थिए । चाहे त्यो राम्रो होस या नराम्रो । उ त्यतिबेला आफ्नो १२ क्लासको फाइनल परिक्षा दिंदै थिए । परिक्षा सुरुभयो आफ्नो दोस्रो पेपरको परिक्षा दिएपछि तेस्रो परिक्षा दिन उ अस्वस्थ भइ उसको हातको पाखुरा यसरी दुखेकि उ आफैलाइ सम्हाल्न सक्दिन थिइन । उनको यो पिडा मेरो आंखाले हेर्न सकेन । उनको त्यो रुवाइ मेरो कानले सुन्न सकेन । उसको पिडाले मलाई ठूलो चोट पुर्यायो । मैले सक्ने जति सबै गरे । डक्टरकोमा गए आफै इन्टरनेटबा रिसर्च गरे तर मेरो केही लागेन । आफ्नो फाइनल परिक्षा उनले दिन सकिन । त्यसमा फेल चाहि म आफै भएजस्तो लाग्यो ।

 उनको परिक्षाका दिन सकिए र विस्तारी हातको दुखाइ पनि उनले अ‍ैया भनेर रुदा मेरा आसु आफै झर्दथिए । परिक्षा नदिएको कारण उ त्यस वर्ष उत्तीर्ण हुन सम्भव थिएन म लगायत उसको घरमा अब यो ठूलो चिन्ताको विषय हुन पुग्यो । तर पनि उनका बुवाले आफ्नो चिनजानको कोही परिक्षा नियन्त्रण कार्यालयमा रहेको र उनले यो समस्या समाधान गरिदिने कुरा बताउनुभयो । हामी सबैको चिन्ता अलि घटेजस्तो अनुभव भयो । तर जब परिक्षाफल प्रकाशिन भयो उनको परिक्षाफलमा उनलाई फेल भनेर अंकित गरिएको थियो । यस कुराले उनी लगायत म र उनको परिवार सारै चिन्तित भयौं । हाम्रो अगाडि कुनै उपाय थिएन किनकि हुने कुरा भइसकेको र त्यसलाइ स्वीकार्नु बाहेक केही बिकल्प हामीसग थिएन ।

 उनलाइ फेरि पढ्ने सल्लाह पनि दिए । तर उ भन्थिन म अहिलेको मिस टिन हो हरेक पत्र पत्रिकाको समाचार को विषय हु म अहिले । भोली म फेरि १२ क्लास पढ्दा यो खबर कसरी प्रकाशित हुन्छ मलाई थाहा छैन तर म आफु बदनाम हुने कुनै पनि काम गर्न चाहन्न । मलाई पनि उनको यो कुरा चित्त बुझ्यो । तर मैले अरु कुनै विकल्प सोच्न सकेको थिएन । मेरो लागि यो नै ठूलो चिन्ताको विषय थियो । म साथी भाइको माझ हासेको नाटक गर्दथिए । तर भित्र भित्रै म जलि रहेको थिए । उसको पिडा आज आफ्नै पिडा भएको थियो । मैले केही गर्न नसक्दा झन् पिडा बढेको महशुस भयो मलाई । उनलाइ धेरै चिन्तित भएको मैले हेर्न सकिन उसको अनुहारबाट मुस्कान हराएको निकै भाको थियो म त्यो मुस्कान फेरि देख्न चाहन्थे । लाग्दथियो आफ्नो प्राण दिनु परेपनि म खुशी खुशी तयारहुन्छु त्यसमा कुनै दुइमत थिएन । 

मैले उसलाइ त्यो माहोलबाट केही टाढा लाने निर्णय गरे र उनी र म केही दिन थाइल्याण्डको बेंकक घुम्न गयौ । उसको घरमा मलाई अहिले छोराकै रुपमा स्वीकारिन्थ्यो । मैले पनि एउटा नया“ परिवार नया“ बावु आमा पाएकोमा खुशी थिए । त्यो परिवारमा यसरी माया बस्यो कि मलाई कहिले लागेन म त्यो परिवारको सदस्य होइन । मलाइ त झन बढी आत्मियता थियो त्यो परिवार प्रति । त्यहा का कुकुर त्यो घरको सबै त्यस घरमा रहेको बोट विरुवा लाई पनि म धेरै थबथिए र मलाइ पनि सबैले आफ्ना । सधै हांसी खुशीको माहोल हुन्थ्यो त्यो घरमा । 

मलाई नयां दुनियाँ जिन्दगी भरको महशुस हुन्थ्यिो र भगवानलाई धन्यवाद दिन मैले कहिले छोडिन । बैंकक को केही दिनको घुमाइमा मैले उनको आखा र उसको मुस्कान मा संसार देख्दथिए । म बैंकक होइन त्यो उसको मुस्कान हेर्न यति टाढा आएको थिए म र उ अनि हाम्रा ती रमाइलो पल मात्र हाम्रो प्रेम र खुशी मलाई लाग्यो कि समय यही रोकियोस तर यो हुन सक्दैन थियो । हामी नेपाल फर्कियौ मैले बैंकक लानुको उद्देश्य पुरा भए जस्ता मलाई लाग्यो । उनी खुशी थिइन र केही फ्रेस भको उनको अनुहारमा देख्न पाइन्थ्यो । त्यसमा उनको परिवार पनि खुशी नै थिए । उ केही खुशी थिइन तर समस्या अझै जहां को त्यही थियो यो कुराले मलाई सधै पिरोली रहन्थ्यो ।

 सधै यही कुराको समाधानमा खोजी रहेको हुनेथिए । आफ्नो साथीभाइको माझ यही कुरा गर्दथिए । एकदिन मेरो पुरानो चिनजानको दाइ जो एन.आइ.ई.सि चलाउनु हुन्थ्यिो । सुरज राज भण्डारी वहांले मलाई बेलायत गएर अण्डर ग्रेजुएड गर्न मिल्ने कुरा सुनाउुनु भयो मेरो खुशीको सिमा रहेन । म यो कुरा उनलाइ कति बेला सुनाउ जस्तो भयो मैले तुरुन्त उसको सामु गएर भने उनी हर्षित भइन । उनको आखामा खुशीको आसु बग्यो मेरा पनि आसु सगै निस्किए मैले रोक्न सकिन । हामी दुवै जना आज खुसी को पराकाष्ठमा थियौ । अब उनको प्रोसेसिंगकै लागि म काम गर्न सुरु गरे । उनलाइ आएल्टस क्लास गर्न लगाए । बाकी सबै डकुमेण्ट मैले तयार पारे । उनको आएल्टसमा राम्रो रिजल्ट आयो । उनको सर्टिफिकेट कयौं थियो, जसले उनलाई एउटा डाइनामिक केटी हुन प्रमाणित गर्दथियो । जुन कुराले मलाई उसको भिषा लाग्ने पक्का थियो । त्यती बेला लण्डनको भिषा बिरलै लाग्ने गर्दथियो । हामीले उनको भिषा एप्लाइ गर्यौ तर हाम्रो दूर्भाग्य उनको भिषा लागेन । तर मैले आत्तिन दिइन पुन एप्लाइ गरियो र यो पटक भिषा पनि लाग्यो । हामी सबै खुशी । उनको बुवाले उनी जाने खुशीमा पार्टी पनि दिनुभयो । सबै हर्षित थियौ । 

साथै उनी जाने दिन नजिकिदा मलाई डर लाग्न थाल्यो उनी टाढिदै थिइन म बाट भन्ने भान भयो । म माथि यो पिडा असह्य हुन थाल्यो तर विश्वास थियो मेरो प्रेममा उनीप्रति जुन विश्वास लाई कुनै कुराले हल्लाउन असम्भव थियो । २००७ जनवरी उनी जाने दिन आयो परिवार को सबै उनलाई पुर्याउन एयरपोर्ट गए तर म जान सकिन । मलाई यो सहने तागत थिएन । मेरा आसु अबिरल झरी रहे म आत्तिए छट्पटाए तर उनको फलाइट उड्यो उनी गइन । मलाइ झन गारो भएर आयो । म निस्सासिए हरेक पल उनकै याद हरेक ठाउमा उनकै कमीले मलाई पिरोल्यो । म काठमाण्डौ बस्न सकिन सोही दिन म विराटनगर को फलाइट लिएर विराटनगर अनि धरान अनि भेडेटार पुगे जहांपनि उनकै कमी उनकै याद म संग हरपल थियो । मैले लण्डनमा आफुले चिनेको मान्छेलाई भनेर उनको बस्ने व्यवस्था मिलाइ सकेको थिए र उनलाइ एयरपोर्टमा लिन जानु पनि भनेको थिए । 

भोली पल्ट उनी राम्ररी पुगेको खबर आयो । हामी एक अर्कासग कुरा गर्यो र हामी यसरी टाढिएर बस्न नसक्ने कुरा बुझियो । मैले पनि बेलायत जाने निर्णय गरे म धेरै मुलुक पहिले घुमिसकेको कारण मेरो भिषाको लागि समय लागेन । भिषा लिएको भोलीपल्ट कै पहिलो फलाइट मा म लण्डन तिर लागे । म खुसी थिए हर्षित थिए उनलाई भेट हुने समयको कल्पना गर्न थाले । मेरो फलाइट लण्डन अवतरण भयो । मैले एयरपोर्टमै एउटा सिमकार्ड किनेर फोन गरे उनी पनि एयरपोर्ट आउदै रहिछिन । हामी एक अर्कालाई भेट्न आतुर थियौ र त्यो पल आयो पनि । हामी स“गै थियौ जीवनका हरेक सुख हामी स“गै थियो । मैले पनि उनै पढेको कलेजमा पढ्ने सोच राखेर आफ्नो एड्मिसन गरे । हामी कहिले काही स“गै कलेज जान्थ्यिौ । 

हाम्रो जिवनकै एउटा सुन्दर पल थियो त्यो । २००७ फेब्रुअरी १४ भ्यालेन्टाइन डे आयो । मैले उनलाइ सर्पाइज दिने सोची सकेको थिए र त्यस दिन एउटा कार हायर गरेर उनलाइ लिएर गए अब सर्पाइजको पालो थियो उ साहरुख खानको ठूलो फ्यान थिइन र मैले उसलाई साहरुख को शोमा लिएर भएको थिए । त्यहा इर्फान खान, लारा डट्ट र साहरुख खानलाई देख्न पाउदा उ सारै खुशी थिइन । उनले मलाई भनिन् ‘म  मेरो जिवनमा यति खुशी हुन्छ जस्तो लागेको थिएन ।’ मैले पनि सोही अनुभव गरेको थिए । हामी एक अर्कामा हराउथियौ मानौ दुनियाको हामीलाई मतलब थिएन ।क्रमश

Post a Comment

0 Comments