Subscribe Us

कानुन व्याबसायीबाटै श्रीमतीमाथि अत्याचार, न्याय नपाएको गुनासो

 
काठमाडौं ।  ३ महिना अघि मात्रै आफ्नै श्रीमानले फ्याक्चर गराएको हात ब्याण्डेज गरिएको छ । कानूनका जरा उखेल्ने श्रीमानले उखेलेको आफ्नै कपालको संग्रह बोकेर अदालत धाएको तिन महिना विती सक्यो । घरेलु हिंसाको सिकार उनी आफै हुन । उनी आफैले अदालतमा न्यायको लागि मुद्दा लडीरहेकी होलीन् भन्ने हामी सबैलाइ लाग्न सक्छ । तर विपरित उनको श्रीमानले नै उनलाई तीन स्थानमा मुद्दा गरेपछि उनी भौतारिएकी हुन् ।

घरेलु हिंसाको सिकार बनेकी कलंकी निवासी अनिता केसि न्याय पाउनुको सट्टा आफ्नै श्रिमान धनबहादुर केसिले काठमाडौं जिल्ला अदालत, पुनरावेदन अदालत, तथा काठमाडौं महानगरपालिकामा श्रीमति उपर घरेलु हिंसाको मुद्दा गरेपछि उनी अहिले तारेख समेत धाउन नसक्ने अवस्थामा पुगेकी छिन् । कलंकी क्षेत्रमा कानुन व्यावसायमा कहलीएका श्रीमान केसिले गरेको व्यवहारबारे उनले हामीलाई यसरी बताइन् ।

२०७० साल असार महिनाबाट मलाई उहााले आफ्नो हर्कत सुरु गर्नुभएको हो । असोजको १२ गते मलाई ५ लिटर मट्टितेल खनाएर आगो लगाउन खोज्नु भयो । विहे भएको १५ बर्ष भैसक्यो, पहिला नियमित रक्सी पिएर आउनु हुन्थ्यो । जाँड रक्सी सेवन गर्न हुदैन भन्दा मलाई धेरै चोटी मरणासन्न हुने गरि पिट्नु हुन्थ्यो । श्रिमति भएपछि जहिल्यै किन घर मा ढिला आउनुहुन्छ भनेर मैले सोध्ने गर्थे । तर उहाँ त्यति सोध्दा पनि मलाई पिट्नु हुन्थ्यो ।

हाम्रो स्थायी घर पोखरा हो र माइती कौशलटार बालकोट हो । मैले घर खर्च चलाउन भनेर पैसा माग्दा कहिल्यै नदिने । उहांले महिनाको लाखौ रुपैयाा कमाउनु हुन्थ्यो तर श्रीमान भएर पनि घरको आर्थिक जिम्मेवारी सबै मेरो थाप्लोमा परेको थियो। मैले तरकारी माग्ने पैसा माग्दा उल्टै माग्दा पिट्ने गर्नु हुन्थ्यो ।


कहिले काहिँ पकाउंदै गरेको तातो तरकारी म माथी खनाउनि गर्नुहुन्थ्यो । त्यति हुंदा पनि मैले आफ्नै ठानेर सहेर बसेको थिएं । तर उहाँले यो हर्कत छाड्नेभन्दा पनि झनै बढाउादै लैजानु भयो । अति भएपछि मैले माइती नेपालमा उजूरी गरेँ तर सुनुवाइ भएन, हामीले चेलेबेटी बेचविखनको मात्रै हेर्ने हो भनेर पन्छिनुभयो ।
मेरो पूरै शरिर भरी निलडाम थियो, त्यही घाइते शरीर लिएर म राष्ट्रिय महिला आयोगमा गएँ । त्यहाँ एक जना महिला हुनुहुादो रहेछ । मैले आफ्नो सबै समस्या बताएँ । मैले न्याय मागेँ । मेरो शरीरक अवस्थासहितको सबै अवस्थाबारे अवगत गराएँ । उहाँले ठाडो स्वरमा भन्नुभयो ‘ तपाईंको पिडा यहाँ देखाउन पर्दैन निवेदनमा लेख्नुस ।’ उहाँ अहिले पनि त्यहीँ हुनुहुन्छ । त्यस्तो शब्द आए पछि म निबेदन लेख्न उचीत नठानी फर्किएँ ।

त्यसपछि म महानगरीय प्रहरी परिसर हनुमानढोकामा गएँ । मैले महिला डिएसपी तारा थापालाई भेटेँ । उहाँले बन्द कोठामा मेरो शरीरको सबै निलडाम हेर्नुभयो । उहांले यसरी पनि सहेर बस्ने हो भनेर भन्नुभयो । मलाई त्यतिखेर प्रहरीको बर्दी भगवानको रुप जस्तै लाग्यो । उहाँले कालिमाटी प्रहरीमा घाउ जाँच रिपोर्टसहित पत्र काट्नु भयो । इन्सपेक्टर युवराज चौधरीलाई पनि यो बारे थाहा छ । 
 
म कालीमाटी प्रहरीमा तारा डिएसपीले पठाउनु भएको सन्देशसहित कालीमाटी प्रहरीको महिला सेलमा सुशिला प्रधान इन्सपेक्टरलाई गएर भेँटे । म माथी भएको हिंसाको सबै विवरण सुनाएँ । मेरो आफ्नो भन्ने कोहि थिएन । मैले प्रहरीलाई नै आफ्नो देखेँ र गएँ । तर त्यहााबाट पनि केहि सुनुवाइ भएन । एक दिन राती मलाई धेरै पिट्नु भयो । मैले हदै भएपछि १०० मा फोन गरेर प्रहरीलाई बोलाएँ । प्रहरीले उहांलाई कालिमाटी हिरासतमा राखे । मैले त्यतिबेलै डिएसपी यज्ञ विनोद पोखरेललाई भेटेर सबै विवरण सुनाएँ । तर उहाँले मेरो कुरालाई वास्ता नगरे जस्तो गर्नुभयो ।

उहाँ मलाई पिट्नु हुन्थ्यो र भन्नु हुन्थ्यो ‘तँ के गर्न सक्छस् जा गर, डिएसपी मेरो हातमा छ । फलानो सिडीओलाई मैले आज यति हजार दिएर आएको छु ।’ हालका कालीमाटीका डिएसपी यज्ञ विनोद पोखरेलसंग उहाँको नजिकको सम्बन्ध छ । उहाँले चाडबाडको बेला डिएसपीको डिमाण्ड पुरा गर्ने गर्नु हुन्छ । मैले त्यतिखेर घरेलु हिंसामा मुद्दा हाल्छु भन्दा पनि डिएसपी खरेलले हाल्नु पर्दैन मिल्नु पर्छ भन्नु भयो । म आकाशबाट खसे झैं भएँ यो शब्द बोल्दै गर्दा उहा भक्कानीनु भएको थियो । केहि दिन पछि डीएसपी पोखरेल विदामा घर जानुभयो ।

मैले इन्सपेक्टर दक्ष बस्नेतलाई भेटेँ । म निबेदन दिन मिल्छ कि भनेर प्रयास गरेँ तर अस्विकार गर्नु भयो । त्यतिबेलासम्म उहाँ प्रहरी हिरासतमा नै हुनुहुन्थ्यो । म त्यति भएपछि घर फर्किएँ । साथीहरुले मलाई मेरो कारणले थुनिनु भएको भनेर कारण जान्न खोजे तर मेरो कारणले भए प्रहरीले मेरो निबेदन लिनुपथ्र्यो तर लिएन । मैले फेरि बस्नेत इन्सपेक्टरलाई भेटेँ । मेरो कारणले थुनेको हो भने मेरो निबेदन लिनुपर्छ भनेँ तर उहाँले मलाई तपाईको कारणले उहाँ थुनिनु भएको होइन भनेर उहाँले मलाई थर्काएर फर्काउनुु भयो । के मुद्दा भनेर सोध्दा सामान्य होहल्लाको मुद्दामा भन्नु भयो । तपाई अब आउनु पनि पर्दैन भनेर भन्नु भयो । मैले प्रहरीको कुरै बुझ्न सकिान । षड्यन्त्र के हो भन्ने जान्न सकिन ।
 
प्रहरी हिरासत भित्रै म लगायत मेरो बहिनी हामी भेट्न गयौं तर उहाँले प्रहरी हिरासतबाट पनि खोर भित्रको बाघले झम्टे जस्तो गर्नुभयो । त्यहि पनि मलाई आक्रमण गर्न खोज्नु भयो । उसको व्यबहार देखेर प्रहरी कर्मचारी नै अचम्ममा परे । सिपाहीहरुले मुद्दा चलाउन सुझाए तर मेरो निबेदन समेत अस्विकार गरिएको खण्डमा मेरो आाशु सिवाय केहि थिएन ।

फेरि पछि मैले यज्ञ विनोद डिएसपीलाई फोन गरेँ, उहाँ विदाबाट फर्किसक्नु भएको रहेछ । भेट्ने समय मिलाएर भगवानले न्याय गर्छन भन्ने अभिप्सा लिएर म भेट्न गएँ । उहाँबाट केहि सुनवाइ भएन । उहाँमाथी गरेको आशा फेरि निराशामा परिणत भयो । तर उहाँलाई १८ दिन सम्म राखियो । छुट्ने दिन म प्रतिक्षालयमा थिएँ । निलो कपडा लगाएका एक जना युवक आए जो उहाँको भान्जा हुनुहुदो रहेछ । उहाँ सरासर कारागारमा जानु भयो , र मामालाई २ तिन पेटी पैसा दिनुभयो । वहााले पल्याकपुलुक हेर्नु भयो र पकेटमा राख्नु भयो । मैले थाहा पाएँ उसले तल देखि माथी सम्म सबै किनेको रहेछ ।

त्यसपछि उहाँलाई सिडियो कार्यलय लगियो त्यहाँ सबैले मलाई नै हप्काए आफ्नै श्रीमानलाई थुनाएको आरोप लगाए तर मैले कुनै उजुरी गर्न पाएको थिइन । पछि मैले बुझेँ मेरो कारणले भन्दा पनि अन्य कसैसँगको लेनदेनको विवादमा उहाँलाई थुनिएको रहेछ दोष मलाई लगाइयो । उहाँ गत बैशाख अन्तिममा निस्किनु भयो । एक जना उहाँको वकिलसहित घरमा आउनु भयो । घरमा आएर मलाई फेरी पिट्नु भयो ।
 
 घरमा भएका सबै कागजपत्र सहित उहाँ कार लिएर हुइकीनु भयो । त्यो दिनबाट घर आउनुभएन । गत जेठ १ गते उहाँले काठमाडौ महानगरमा सम्बन्ध विच्छेदको मुद्दा हाल्नु भएको रहेछ । २ गते फेरी ३ जना शशी शाह नाम गरेको गुण्डा सहितको टोली आएर मलाई निर्घात कुटपीट गरे हात नै फ्याक्चर गराए । श्रीमानले मेरो कपाल जगल्ट्याउनु भयो ९श्रीमानले उखेलेको संकलित कपाल देखाउादै मैले त्यतीबेला मलाई मारेर जान आग्रह गरेँ । बााच्नुको अर्थ देखिन । मलाई आत्महत्या गर्ने स्थिति नबनाई छाड्दिन भन्दै उनीहरु लागे । मैले तत्कालै डिएसपी यज्ञ विनोद पोखरेललाई फोन गरेँ घटना विवरण सुनाएँ । तर उहाँले नाटकीय शैलीमा प्रहरी पठाईदिने आश्वासन दिनुभयो तर प्रहरी कहिल्यै आएन ।

रुंदै एक जना महिला साथी लिएर चोटै चोट भएको शरीर लिएर म कालीमाटी प्रहरीमा गएँ । मैले आफ्नो विवरण सुनाउादै गर्दा अचेत भएछु । पछि पानी छर्केर मलाई होसमा ल्याइएछ । मुद्दाफाँटबाट भोलीपल्ट आउनु भन्ने आदेश आयो । भोली पल्ट गएँ तर डिएसपी पोखरेलले मेरो मुद्दा दर्ता गर्दिनु भएन ।

मेरो हात फलामको पाता राखेर अप्रेसन गरिएको छ । डाक्टरले ड्यामेज भयो भन्नु भएको छ । म फेरी हनुमान ढोका गएँ एक जना सिपाहिले मेरो निबेदन हेर्नु भयो, उहाँले आफ्नो श्रीमानलाई तहलगाएर राख्न सुझाउनु भयो । मैले कतै गएर पनि न्याय पाइान उनी फेरि रोइन । अहिले मलाई उल्टै मेरो श्रीमानले काठमाडौं जिल्ला अदालतमा घरेलुहिंसाको मुद्दा हालेका छन्, काठमाडौं महानगरमा सम्बन्ध विच्छेदको मुद्दा छ, पुनराबेदन अदालतमा पनि निषेधाज्ञाको मुद्दा हालेको छ । 
 
मैले जीन्दगी भरि पिडा भोगेँ तर मैले न्याय पाउनु साटो मै माथि मुद्दा माथी मुद्दा छ । मलाइ असफल बनाउन अहिले तिन तीरबाट एक चोटी तारेख तोकिदिने गरेको छ । ११ गते पनि म एक दिन तिनवटा अदालतमा धाउनु पर्छ पेसीको लागि । अहिले भदौले पाँच महिना लाग्यो म झोलामा अदालतको कागज बोकेर भौतारिएको छु । म एक नारी माथी कानुनको वकालत गर्ने आफ्नै श्रीमानबाट भएको यस्तो अन्याय भैरहेको छ ।(रातोपाटीबाट)

Post a Comment

0 Comments