Subscribe Us

गोरखाको सुरक्षामा सिसी क्यामरा


गोरखा । गोरखा बजारको विभिन्न चोकमा सिसिक्यामरा जडान गरिने भएको छ । बजारमा हुने घटना, दुर्घटनाबारे तथ्य जानकारी लिन, चोरी रोक्न र शान्ति सुरक्षा थप मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयको समन्वयमा बजारमा सिसिक्यामरा राख्ने निर्णय भएको हो ।

 वित्तीय, वाणिज्य, सुनचाँदी पसल रहेका २०  ठाउँहरूमा सिसिक्यामरा राख्ने प्रक्रिया थालिएको जानकारी प्रहरी नायब उपरीक्षक रमेश थापाले दिनुभयो ।

“बजारको २० ठाउँमा क्यामरा जडान गर्ने तयारी गरेका छौँ”। पहिलो चरणमा हरमटारीचोक, घ्याम्पेशाल चोक, जिविस चोक, शक्तिचोक, बसपार्क, नयाँबजार, नयाँ बसपार्क, ठूलो आँगन, प्रशासनिक क्षेत्रलगायतका ठाउँमा क्यामरा जडान गरिने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

क्यामरा जडानका लागि रु २० लाख लाग्ने अनुमान छ”, संयोजक भगवान्बाबु मास्केले भन्नुभयो । सिसिक्यामरा जडानका लागि मास्केको संयोजकत्वमा १६ सदस्यीय समिति पनि गठन भएको छ । रासस

Post a Comment

0 Comments