Subscribe Us

फेसबुकबाट यौन प्रस्ताव गर्ने प्रहरी खोरमा

काठमाडौँ । सामाजिक संजाल फेसबुकबाट नक्कली प्रोफाईल बनाई सेक्स पार्टनर बनाउन खोज्ने एक युवा पक्राउ परेका छन् । लाजिम्पाटका ३० बर्षीय राम कुमार स्याङ्गवोलाई महानगरीय अपराध महाशाखाका प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै अश्लिल फोटोहरुसमेत फेसबुकमा राखि सम्भ्रान्त परिवारका महिलालाई म्यासेज पठाई यौन प्रस्ताव राख्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

उनले बिभिन्न समयमा सम्भ्रान्त परिवारका महिलाहरुलाई मेसेज पढाएर दुःख दिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले राम कुमारबाट मेसेज पढाउन प्रयोग गरिएकोे २ थान मोवाइलसमेत बरामद गरेको छ । बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौमा पठाएको अपराध महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments