Subscribe Us

१३ बर्ष देखि फरार अभियुक्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआबी) ले १३ बर्ष देखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । जवरजस्ती करणी गरेको मुद्दामा फरार रहेका भक्तपुरका ४४ बर्षीय जगदिश उलकलाई सिआबीले पक्राउ गरी बिहीवार भक्तपूर अदालतमा बुजाएको छ ।
 
 अदालतको पैmसला कार्यान्वयनको सिलसिलामा जगदिशलाई सिआबीले पक्राउ गरेको हो ।  जगदिशले महिलालाई जवरजस्ती करणी गरी बिगत १३ बर्ष देखि फरार रहेका थिए । भक्तपुर जिल्ला अदालतले  २४ जेठ २०५७ मा जगदिशलाइ ६ बर्ष कैद हुने पैmसलाल गरेको थियो ।

 जबरजस्ती करणी गरेपछि फरार रहेका जगदिशलाई सिआबीको टोलीले गत साउन २१ गते भक्तपुरको दत्तात्रेयबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा पेश गरेको जनाएको छ । 

Post a Comment

0 Comments