Subscribe Us

डीआईजी भण्डारी बिरुद्ध बिषेश अदालतमा मुद्दा दायर

काठमाडौँ ।  भष्टचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक ( डीआईजी) गोपालप्रसाद भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यारत रहँदा डीआईजी भण्डारीले पदीय दुरुपयोग गरी रु २४ लाख १३ हजार ४४६ बराबरको रकम हिनामिना गरेकोे आराप  आयोले लगाउदै  मंगलवार मुद्दा दायर गरिएको हो ।

उनले विभिन्न मितिमा भारतीय मुद्रा जफत गर्दा रीतपूर्वकको खानतलासी नगरेको, पक्राउ परेकालाई कानुनी प्रावधानबमोजिम मुद्दा नचलाएको, राजस्व अनुसन्धान विभागमा नपठाई गैरकानुनी तरिकाले अनुचित फाईदा लिएको डीआईजी भण्डारीमाथी आयोगले आरोप लागेको छ ।

यस्तै, विमानस्थल सुरक्षा गार्ड कार्यालयबाट बरामद भएका ल्यापटप, आइफोन, आइप्याड, क्यामेराको हिनामिना गरेका उपकरणसमेत सम्बन्धित निकायलाई नबुझाएको र पदीय दुरुपयोग गरेकोसोत आयोेगको अनुसन्धानबाट खुलेको छ ।

भन्सार कार्यालयमा बुझाउनुपर्ने चल–अचल सम्पत्ति सम्बन्धित निकायलाई नबुझाएको र हिनामिना गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । यसैबिच अख्तियार अनुसन्धान दुरुप्रयोग
आयोगद्वारा
सिन्धुपाल्चोकको माङ्खा तथा सङ्खुवासभाको स्याबुनमा गएको भीषण पहिरोमा परी घरबारविहीन परिवारलाई राहतस्वरुप रु चार लाख १२ हजार ९०८ प्रदान गरीएको छ ।

आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सात दिन, आयुक्तले तीन दिन, निमित्त सचिवले दुई दिन र सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलबबाट हुन आउने सो रकम प्रधानमन्त्री दैवीप्रकोप तथा उद्धार एवम् राहत कोषमार्फत राहत सहयोग प्रदान गर्ने निर्णय गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

0 Comments