Subscribe Us

मलेशियामा अपहरण गर्ने नेपालमा पक्राउ

काठमाडौ । नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरो (सिआईबी) ले मलेशियामा नेपालीलाई अपहरण गर्ने गिरोहका एक सदस्यलाई चितवनबाट पक्राउ गरी मंगलवार सार्बजनिक गरेको छ । मेलेशियामा ब्यापारको सिलसिलामा पुगेका  भक्तपूरका रामप्रसात नेपाललाई अपहरण गरेको आरोपमा सिआईबीले तनहुँका ३२ बर्षीय कमल बहादुर गौलीलाई पक्राउ गरेको हो । 

कमल र  मलेशियन  ६ जनाको समुहको मिलोमतोमा नेपाललाई मलेसियाको कोत्राय भन्ने ठाउँबाट अपहरण गरको सिआईबीको अनुसन्धानबाट खुलेको छ । अपरहरण कारीले ५ दिनसम्म आँखामा पट्टी र हातखुट्टा बाधेर जंगलको बीचमा रहेको घरमा बन्धक बनाई राखेका थिए । अपहरणकारीले नेपालमा फोन गरी रामप्रशात अपहरणपरेको जानकारी गराउदै उनका आफन्तसंग नगद ३० लाख बराबरको फिरौती मागी गरेका थिए ।

 बैदेशिक रोजगार व्यवसायको सिलसिलामा रामप्रसाद  मलेसिया जाने क्रममा अपहरणकारीहरुले ५० जना भन्दा बढी कामदारहरुको डिमाण्ड छ यस सम्बन्धमा छलफल गरौ भनी बोलाई मेलेशिया क्वालालम्पुरको कोत्राया भन्ने स्थानबाट अपरण गरेको सिआईबीले जनाएको छ । अपहरणकारीले रामप्रशातको परिवारसंग ६५ लाख माग गरेको नदिएमा ज्यान मार्ने धम्की समेत दिएको सिआईबीमा परेको उजुरीमा उल्लेख छ ।  अपहरणकारीहरुले ६५ लाखबाट बाग्रेनिङगरी ३० लाखमा सहमती भएको अनुसन्धानमा खुलेको छ ।

 सहमति पछि रामप्रशातका परिवारले २२ लाख मनि ट्रान्सफरबाट मलेशियामा अपहरणकारीको खातामा जम्मा गरिदएका थिए ।  अपहरणकारीहरुले २२ लाख पाएपछि जोहर बारुबाट शहर जाने क्रममा  अपहरणकारी सहितको रामप्रशात चढेको गाडी दुर्घटना भएको थियो । दुर्घटना भएपछि रामप्रसाद अपहरणकारीको पज्जाबाट फुत्कन सफल भएका थिए । तत्काल नेपाल आएका रामप्रशातले नेपाली अपहरणकारी  कमल बिरुद्ध सिआईबीमा गत जेठ २५ गते जाहेरी दर्ता गराएका थिए । पक्राउ परेका कमललाई सिआईबीले जिल्ला अदालत काठमाडौबाट अनुमति लिई अपहरण तथा शरीर बन्धक तथा सागंठित अपराधमा थुनामा राखी अनुसन्धान सुरु गरेको छ ।

Post a Comment

0 Comments