Subscribe Us

रेड पाण्डाको छालासहित पक्राउ


काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालाको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ गोकर्णका ४० वर्षीय सोनाम लामा भन्ने तुला सिंह वाइबालाई बुधवार पक्राउ गरेको हो ।

 प्रहरीले लामाले बोकेको झोलाबाट एक थान, कालो, खैरो र रातो रङको खुट्टा समेत भएको रेड पाण्डाको छाला दुई थान र सामसुङ कम्पनीको सिमकार्ड दुई वटा र  मोबाइल सेट एक थान बरामद गरिएको छ । यस सम्बन्ध्ी प्रहरीले आबश्यक कारबाहि अगाडी बढाएको जनाएको छ ।

Post a Comment

0 Comments