Subscribe Us

मलेशियामा ११ महिना बन्दीपछि खाली खुट्टा नेपाल

काठमाडौं । कम्पनीको लापरवाहीको कारण्ँ १० युवाले मलेशियामा ११ महिना बन्दी जिबन बिताएर सोमवार खाली खुट्टा नेपाल आईपुगेका छन् । रोजगारको लागि मलेशिया पुगेका युवाको कम्पनीले ‘वर्क परमिट’ नवीकरण्ँ नगरिदिदा भिसा अवधि बा“की हु“दाहु“दै कम्पनीको लापरबाहीले पक्राउ परेको बताए । ‘वर्क परमिट’ नभएकै कारण गैर कानूनी तरीकाले बसेको भन्दै उनिहरुलाई त्याहाको प्रहरीले नियन्त्रण्ँ लिएको थियो । नेपाली राजदुतवासको गैर जिम्मेवारीका कारण्ँ उनिहरु मलेशियाको जेलका ११ महिना बिना कारण्ँ बन्दी हुनु परेको हो । कानूनत भिÈा सकेर लुकुछिपी बसेकालाई पक्राउ पछि तत्काल सम्बन्धीत देशमा पढाउनु पर्छ, ११ महिनासम्म गैर कानूनी तरीकाले बन्दी बनाउन पाईदैन अधिबक्त नरबाहादुर योगीले बताए ।

 का“हाको नागरिक हो भनेर पत्ता लगाउन ११ महिना लाग्दैन, ‘यो नेपाली राजदुतावासको कमजोरी हो ।’ राजदुतावासले तत्काल नेपाली भएको कागजात पेश गर्न सकेको भए उनिहरु तंत्काल नेपाल फिर्ता हुथ्थे । उनले भने, ‘नेपालको पनि कानून त्यहि हो मलेशियाको पनि । पहिचान नखुलेसम्म बन्दी बनाएर राखिन्छ ।’ ११ महिना बन्दी जिवन बिताएर उनिहरु नेपाल एयरलायन्सको उडानबाट रोमवार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट«िय विमानस्थल ओलिर्एका थिए । दुई वर्Èअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगका मनोज भने सोमबार नेपाल फिर्ता एकसरो कपडामा थिए । साथमा केही थिएन ।
 
रुपन्देहीबाट सोमबार बिहानै काठमाडौं आइपुगेका मनोजकी पत्नी र बहिनीका लागि उनको एक झल्को नै लाख बराबर भयो । सम्बन्धको प्रगाढतासामु सा“चेका सबै इच्छा गौण्ँ हुने नै भए । मलेसयाली सरकारले ‘गैरकानुनी रुपमा बसेको’ भन्दै नियन्त्रणमा लिदा कु“वरसहित १० जना मलेशियाको लिङकिङ जेलमा बन्दी बन्न पुगेका थिए । उनिहरुलाई नेपाली दूतावासले त्यहा“को लिङकिङ जेलबाट उद्धार गरेर स्वदेश फर्काएको हो । ११ महिना बन्दी जीवन बिताएका उनीहरुमध्ये कतिको खुट्टामा त चप्पलधरी थिएन ।

 फकिर्नेमा कु“वरलगायत संखुवासभाका हरिप्रसाद श्रेष्ठ, मिलन श्रेष्ठ, इलामका प्रेम राई, सिरहा लहानका हसिदेव चौधरी, सर्लाहीका तेजप्रसाद मैनाली, सप्तरीका प्रदीप मण्डल, काभ्रेका श्रीदास तामाङ, पोखराका राजकुमार सुनुवार र इटहरीका डिल्लीराम भट्टराई छन् । उनिहरु पार्यसबै एकसरो कपढा मै नेपाल भित्रेका थिए ।  उनलाई विमानस्थलमा कार्यरत कर्मचारी, अन्य यात्रु र आफन्तले कपडा र चप्पल दिएर बाहिर निकालेका थिए । उनीहरु फरक फरक म्यानपावरबाट मलेसिया पुगे पनि पक्राउ पर्नुको कारण्ँ भने एउटै हो

Post a Comment

0 Comments