Subscribe Us

चार किलो सुनसहित एक युवक पक्राउ

  सिन्धुपाल्चोक । चार किलो अबैध सुनसहित एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । तिब्बतको खासाबाट अवैध सुन लिएर राजधानी भित्रन खोजेका  मनाङ घ्यारु का दोर्जे  गुरुङलाई बाह्रबिसे प्रहरीले पक्राउ गरेको हो । आज दिउसो १ बजे इलाका प्रहरी कार्यालय बाह्रबिसेले गुरुङको साथबाट ४ किलो सुन बरामत गरेका जनाएको छ । 

२ किलो कम्मर २ किलो सुन झोलामा लुकाईछिपाई राखेको अबस्थामा बरामद गरेको प्रहरीको भनाई छ । शंका लागी चेकजांच गर्न खोज्दा उनि प्रहरी चौकी भन्दा करिब ढेडकिलोमिटर टाढा सुनकोशीमा भागेर पुगेका थिए । तंत्काल नियन्त्रमा लिएका उनलाई प्रहरीले खानतलासि गर्दा उक्त परिमाणको सुन बरामत भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको बताएको छ ।  

Post a Comment

0 Comments