Subscribe Us

युबती जिस्क्याउदा
बैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष पक्राउ

काठमाडौं । बैदेशिक रोजगारी व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले प्रहरीको फन्दामा परेको छन् ।  नेपालमा बैदेशिक रोजगारकै कामको सिलसिलमा रहेका पाकिस्तानी नागरिकसंग आएकी एक युबतीलाई वाग्लेको समुहले दुरब्याहार गरेपछि दुई पक्षको झडब भएको थियो ।  झडबमा पाकिस्तानी नागरिक घाईते भएपछि वाग्लेको समुह प्रहरीको फन्दामा परको हो ।

 वाग्लेको समुहले दरबारमार्गस्थित सिजल डान्स रेष्टरेन्टमा बादबिबाद हुदा पाकिस्तानी नागरिकलाई कुटपीट गरेको प्रहरीले बताएको छ । पाकिस्तानी नागरिकलाई कुटेर मरणासन्न बनाएको वाग्लेलाई
 दरवारमार्ग बृत्तबाट खटिएको टोलीले पुतलीसडकस्थित तिरुपति होटलबाट गए राती २ बजे नियन्त्रमा लिएको बृत्तका प्रमुख राजकुमार सिलवालले बताए ।

 सिलवालका अनुसार  डान्स रेष्टुरेन्टमा मदिराले मातीएका वाग्लेको समुहले पाकिस्तानी नागरिकमाथी कुटपिट गरेका थिए । कुटपिट पछि वाग्लेको समुह  पुतलीसडकको तिरुपति होटलमा लुकीछिपी बसेको अबस्थामा पक्राउ परेका हुन ।    वाग्ले सहित कुटपिटमा संलग्न ५ जनालाई  प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ  ।

 बैदेशिक रोजगारीको नामामा भित्र भित्रै वाग्लेले गुण्डागर्दी गर्दै आएको समेत स्रोतको दाबी छ । बत्तिसपुतलीमा मेनपाउर संच्चालन गर्दै आएका वाग्ले बिबादास्पद ब्यक्तिको रुपमा चिनीन्छन् । गुण्डागर्दीकै आडमा वाग्ले बैदेशिक रोजगार बिभागको अध्यक्ष भएका आरोसमेत लागेको छ ।

Post a Comment

0 Comments