Subscribe Us

युसिसी यु-१६ को फाईनलमा नेपाल

काठमाडौँ  । एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिता उपाधिको छिनोफानो बुधबार हुने भएको छ । मलेसियामा जारी सो प्रतियोगिताअन्तर्गत हुने लिग चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दै उपाधिको छिनोफानो गर्नेछन् ।  चार खेल खेलेको नेपाल चारै खेलमा जितहात पार्दै आठ अङ्कका साथ लिगको अङ्क तालिकामा शीर्ष स्थानमा र  मलेसिया सात अङ्कका साथ दोस्रो स्थानमा छन् ।

 नेपालले पहिलो खेलमा स्पष्ट नतिजा ल्याएको तथा मलेसिया र बहराइनबीचको पहिलो खेल वर्षाको कारण रद्द भएपछि मलेसियाले बहराइनसँग एक÷एक अङ्क बाँडेको थियो । नेपालले बुधबार मलेसियालाई पराजित गरेमा पहिलो पटक उक्त उमेर समूहमा उपाधि जित्ने सुनौलो अवसर मात्र प्राप्त गर्दैन, मलेसियासँग अघिल्लो संकरणको हारको बदलासमेत लिन पाउनेछ ।

अघिल्लो संस्करण सन् २०१२ मा भएको एसिसी यु–१६ प्रिमियर लिग क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको सो प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

यस्तै यसअघि चार खेल खेलको नेपालले चारै खेलमा उत्कृष्ट प्रदर्शन ग¥यो । नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

 एसियाली क्रिकेट परिषद्ले टेस्ट नखेल्ने राष्ट्रमध्ये उमेर समूहमा उत्कृष्ट छ टोलीबीच पहिलो पटक राउन्ड रोबिन लिगका आधारमा उक्त प्रतियोगिता आयोजना गरेको हो । टोलीमा नेपालसहित मलेसिया, ओमन, सिङ्गापुर, बहराइन र थाइल्यान्डले भाग लिएका थिए । बुधबारको खेल मलेसियास्थित किनारा ओभल मैदानमा हुनेछ । रासस

Post a Comment

0 Comments