Subscribe Us

दुर्घनामा महिलाको मृत्यु,सल्लाघारी तनाव ग्रस्त




भक्तपुर । भक्तपुरको सल्लाघारीमा बनेपाबाट काठमाडाँैतर्फ आउदै गरेको यात्रुबाहक बसले एक स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी परिसर अगाडि नै अत्यधिक तीव्रगतिमा आएको बा १ ख ९२८१ नम्बरको बसले बा ५७ प ७७७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार झापा घर भई कौशल्टार बस्ने वर्ष ३७ की विन्दु राईको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव क्षतविक्षत भएको छ भने दुर्घटना भएलगत्तै सल्लाघारी क्षेत्र तनावग्रस्त बनेको छ । बस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयवासीले बस तोडफोड गरी बसमा आगो लगाइदिएका छन् । बसमा आगो लगाइदिएलगत्तै प्रहरीले लाठी प्रहार गरेर आक्रोशित समूहलाई तितरबितर पारेको थियो र बसमा लगाएको आगो नियन्त्रणमा लिएर बसलाई प्रहरी परिसर भक्तपुर लगेको छ ।

 प्रहरीले लाठी प्रहारगरेपछि  स्थानीय र प्रहरीबीच ढुङ्गा हानाहानसमेत भएको थियो । प्रहरीले मृतकको शव परीक्षणका लागि अस्पताल पठाएको छ । प्रहरीको लाठी प्रहारबाट केही स्थानीय जनता घाइते भएका छन् । अरनिको राजमार्ग भएर गुड्ने सवारीसाधन राती अबेरसम्म चल्न सकेको छैन ।

Post a Comment

0 Comments