Subscribe Us

ग्राण्ड शिखर म्यानपावरको ठगी धन्दा खुलासा

काठमाडौ भदौ २ – राज्यले रोजगारी उपलब्ध गराउन नसक्दा विदेशिएका युवाहरुलाई यहाँका म्यान पावरहरुले कतिको शोषण गरिरहेका छन् त्यसका थुप्रै उदाहरणहरु यहाँ पाइन्छ । फ्रि भिसाको पनि रकम लिने, कमदार र कम्पनीबीच भएको सहमति अनुसार काम नदिनेलगायतका समस्या समान्य भइसकेको वैदेशिक रोजगारमा ।
लाजिम्पाटस्थित ग्राण्ड शिखर म्यान पावरले ११ महिनाअघि दुवईको अल सफारी टिस्यू पेपर कम्पनीमा पठाएका पाँचजना नेपाली कामदारको त्यहाँ बिच्चली भएको छ । फ्रि–भिसामा गएका उनीहरुसँग सो म्यान पावरले प्रत्येकसँग एक लाख १५ हजार रुपियाँ लिएको छ र तर बील भने दिएका छ ४० हजारको मात्र । एयरपोर्टमा पनि ४० हजार पैसा मात्र दिएको हो भनेर भन्न लगाएको उनीहरुको गुनासो छ ।
image-c79987c1ed3473e5dcaf388fda314434e679f240755e805d9888838782608434-Vरातोपाटीलाई प्राप्त कम्पनीसँग भएको सम्झौतापत्र अनुसार दुवईको पैसा अनुासर महिनाको नौसय तलब र खाना, बस्ने कोठा, ग्याँस विजुली बत्ती सबै कम्पनीले उपलब्ध गराउने रहेको छ । आठ घण्टा ड्यूटी र हप्तामा ६ दिन मात्र काम गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
तर, उनीहरुलाई कम्पनीले दिनको १० घण्टा काम गराउँछन् र तलब दिन्छन् आठ घण्टको मात्र । दुवईको कम्पनीमा काम गर्दै आएका सर्लाही भेडियाकाका प्रमोद कापरका अनुसार नौसय रुपियाँमा आफूहरुले खान, बस्नदेखि लिएर हरेक कुरा आफैले व्यवस्था गर्नुपरेको पीडा सुनाए ।
एग्रीम्यानट अनुसार हाम्रो काम भनेको टिस्यू पेपर बनाउनु हो तर त्यहाँ गाडी लोड अनलोड समेत गर्न लगाएका पीडा सुनाउँदै उनले घरबाट सयको तीन रुपैयाँ ब्याजमा एक लाख रुपियाँ ऋण लिएर रोजगारीमा यहाँ आएका हौं तर यहाँ कमाई नहुँदा ऋण बढ्दै गएकाले झन् पीडा भएको छ ।
हामी यहाँबाट जान खोज्दा एकलाख रुपियाँ दिए मात्र जान दिन्छु कम्पनीले भनिरहेको छ । ११ महिना भयो हालसम्म एक रुपियाँ पनि घर पठाएको छैन । हामी विच्चलीमा छौ ।’
यता म्यान पावरसँग सम्पर्क गर्दा म्यानपावरका कर्मचारीहरुले उनीहरुलाई समस्या छ भने यहाँको म्यानपावरलाई सम्पर्क गर्नुपर्ने अरु अरुलाई सम्पर्क गरेर समस्या समाधान नहुने प्रतिकृया दिए । म्यान पवारका सञ्चालकले भने, गएको दिनदेखि हालसम्म उनीहरुले आफूहरुलाई सम्पर्क नगरेको कारण यसमा केही भन्न नसकिने बताए ।
तर, दुवईबाट उनीहरुले म्यानपावरका विकल राज भण्डारीको ९८४९६७१६४० र अर्को एक व्यक्रिको ९८५१०१७६७६ मा सम्पर्क गर्दा कहिले फोन नउठाएको उनीहरुको गुनासो छ । रातोपाटीले म्यानपावरमा सम्पर्क गर्दा त्यहाँको रिसेप्सनले विकल राजभण्डारीले यहाँबाट जागिर छाडिसकेको छ तर उनको मोवाइलमा सम्पर्क गर्दा त्यो नम्बर म्यानपावरमा नै भेटियो ।

Post a Comment

0 Comments