Subscribe Us

घुस लिदैँ गरेको अवस्थामा प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घुस लिदैँ गरेको अवस्थामा प्रहरी निरीक्षक राजन थापासहित असइ विश्वेश्वर अाचार्य  पक्राउ परेका छन् । ७५ हजार घुस लिदै गरेको अवस्थामा साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो । 

सेवाग्राहीबाट सेटिङ मिलाउन भन्दै उनीहरुले रकम असुलेका थिए ।  थापा  र आचार्य दुबै राष्ट्रिय अनुसन्धान विभागका प्रहरी अधिकृत हुन् । त्रिभुवन विमानस्थलमा पछिल्लो समय म्यानपावर कम्पनीहरुले सेटिङ मिलाएर कामदारहरु विदेश पठाउने गरेका छन् । 

वैदशिक रोजगारीका लागि चाहिने पर्याप्त कागजात  नपुगेपछि म्यानपावर कम्पनीहरुले फेक कागजात बनाई विदेश पठाउने गरेका छन् ।वैदेशिक रोजगारीका लागि जाने मुलुक हेरेर प्रतिव्यक्ती १५ हजारदेखि ३५ हजारसम्म तिरेर म्यानपावर कम्पनीहरुले सेटिङ मिलाउने गरेका छन् ।

Post a Comment

0 Comments