Subscribe Us

२६ जना मध्ये १८ सभासद् मनोनयन


काठमाडौं, १३ भदौः
मन्त्रिपरिषद्को बैठकले २६ सभासद मध्ये १८ जनालाई मनोनयन गरेको छ । सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले कांग्रेस, एमाले र राप्रपा नेपालका नेताहरुलाई सभासदमा मनोनयन गरेको छ। राप्रपा नेपालका तर्फबाट गणेश थापा सभासद भएका छन् । उनी अध्यक्ष कमल थापाका भाइ हुन् ।
मनोनयनमा परेका सभासदहरुको सूची
नेपाली कांग्रेसको तर्फबाट
१ राधेश्याम अधिकारी–कानुनविद् (काठमाडौ)
२ शिवबहादुर खड्का (रामेछाप)
३ पुष्कर आचार्य–ट्रेड युनियन (मोरङ)
४ रेशम बानिँया (म्याग्दी)
५ शकलदेव सुतिहार–अल्पसंख्यक जनजाति (सप्तरी)
६ रुक्मिणी कोइराला (मोरङ)
७ सूर्यदेव दास उराव (सुनसरी)
८ उमेश श्रेष्ठ–शिक्षाविद्, (काठमाडौं)
९ अनिलकुमार रू‌गटा (पर्सा)
एमालेका तर्फबाट
१ उदय नेपाली श्रेष्ठ–कानुनविद्,
२ अग्नि खरेल–कानुनविद,
३ गंगा डाँगी–समाजसेवी (मोरङ)
४ मिरा धुजु–जनजाति र समाजसेवी (काठमाडौ)
५ पेम्बा बोटे–आदिवासी जनजाति समाजसेवी(बाजुरा)
६ नरेश खरेल–सामाजसेवी (झापा)
६ डा. राजन भट्टराई–परराष्ट्रविद
७ पर्तमान धिमाल–अल्पसंख्यक जनजाति (मोरङ)
राप्रपा नेपालका तर्फबाट
१ गणेश थापा–एन्फा अध्यक्ष (खेलकुद)
नेपाली कांग्रेसबाट मनोनित नामप्रति कांग्रेस नेताहरुलेनै तीब्र विरोध जनाएका छन् । उनीहरुले सभासद् पदलाई पैसामा बेचेको आरोप समेत लगाएका छन् । कांग्रेसबाट सभासद मनोनित भएकामध्ये उमेश श्रेष्ठ र अनिलकुमार रुङटा अरबपति व्यवसायी हुन् । श्रेष्ठ शैक्षिक व्यापारी हुन् भने रुङटा घरानिया व्यवसायी हुन् । श्रेष्ठ संस्थापन पक्षको र रुङटा देउवा पक्षको कोटामा परेका हुन् ।
कांग्रेसबाट मनोनित भएकामध्ये राधेश्याम अधिकारी दुवैपटक मन्त्रिपरिषदबाट मनोनित हुने भाग्यमानी सभासद हुन् । रुक्मिणी कोइराला कांग्रेसको खानदानी कोइराला परिवारकी सदस्य हुन् । शिववहादुर खड्का रामेछापका पूर्वजिविस सभापति तथा पुराना कांग्रेस नेता हुन् । उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनकी बहिनी मीना पाण्डे कांग्रेस केन्द्रीय सदस्य हुन् भने भाइ रामचन्द्र खड्का रामेछाप कांग्रेसका सभापति छन् ।
रेशम बानियाँ म्याग्दीका पुराना कांग्रेस कार्यकर्ता हुन् भने सुकदेव सुतिहार इन्जिनियर र सूर्यदेव दास उराव जिल्लास्तरका कार्यकर्ता हुन् । एमालेबाट मनोनितमध्ये मीरा ध्वजु महासचिव ईश्वर पोखरेलकी पत्नी हुन् । उनी एमालेको अखिल नेपाल महिला संघकी सचिव पनि हुन् । त्यस्तै पेम्बा भोटे जनजाति महासंघका महासचिव हुन् । उनी हिमाली जिल्ला बाजुराको अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्छन् ।
अग्नि खरेल यस अघि पनि समानुपातिक सभासद थिए, उनी अध्यक्ष केपी ओलीका विश्वासपात्र हुन् । ओलीले उनलाई संसदीय दलको प्रमुख सचेतक बनाउन चाहेका छन् । त्यस्तै झापा आन्दोलनका योद्धा तथा नख्खु जेल ब्रेकका योद्धा नरेश खरेल पनि एमाले कोटामा सभासद बनेका छन् । पूर्वकानुन सचिव उदय नेपाली श्रेष्ठ पनि एमालेको कोटामा परेका छन् ।
डा. राजन भट्टराई नवनिर्वाचित एमाले केन्द्रीय सदस्य हुन् भने गंगा डाँगी पूर्व केन्द्रीय सदस्य र पर्तमान धिमाल मोरङका जिल्लास्तरीय कार्यकर्ता हुन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नै कान्छा भाइ गणेश थापालाई सभासद बनाएका छन् । थापा अखिल नेपाल फुटवल संघका अध्यक्ष हुन् र संघमा भ्रष्टाचार गरेको अभियोगमा संसदकै लेखा समितिले उनीमाथि छानविन गरिरहेको छ ।

Post a Comment

0 Comments